मा प्रकाशित
कनिका खबर
साउन ३१, दाङ ।
भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले खेलबाट सन्यासको घोषणा गरेका छन् ।
पूर्व कप्तान धोनीले शनिबार बेलुका सामाजिक सञ्जाल इन्टाग्राममा स्टाटस लेख्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको बताएका छन्।
भारतका लागि विश्वकप, टी ट्वान्टी विश्वकप र च्याम्पियन्स ट्रफि जस्तो विश्वका तीन ठूला उपाधि जिताउन मद्दत गरेका धोनीले सन्यास घोषणा गरेका छन्।
उनले लेखेका छन्, ‘धन्यवाद, माया र समर्थनका लागि सबैलाई धन्यवाद । मैले १९ः२४ बजेदेखि सन्यासको लिएको छु ।