गजल – Kanika Khabar
Sunday, April 19Nepali News Portal

गजल

    मा प्रकाशित

आउनुस् सस्तोमा किन्नुस् मेरो जिन्दगानीलाई
बरु घाटा पुगे पुगोस् बा–आमाको लगानीलाई

तिम्रै पाखुराबाट निस्केको पसिनाले टल्किन्छ
अहँ टल्काउन पर्दै पर्दैन बुरूसले जवानीलाई

दहीको शरीरबाट भेट्यो भने नौनी निकाल्छ
आहा १ पुर्खाले गजबको जागिर दिए मदानीलाई

कसै– कसैलाई मैले, यति धेरै माया गरेथेँ
जति माया माछाले पनि गरेन होला पानीलाई

के गर्न खोजेको होला, आखिरमा त्यो समयले
फरि जिउँदो मानिस बन् भनिरहन्छ खरानीलाई

            **********

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्