ईट्टा उद्योगमा काम गर्ने ९८ जना मजदुरलाई राहत – Kanika Khabar
Saturday, May 4Nepali News Portal

ईट्टा उद्योगमा काम गर्ने ९८ जना मजदुरलाई राहत

    मा प्रकाशित

किनिका खबर
भदौं १०, कपिलबस्तु
कपिलवस्तुका इट्टा उद्योगमा काम गर्ने मजदुरलाई राहत सामाग्री बितरण गरिएको छ । विश्व शिक्षाको सहयोगमा दलित मानव अधिकारी निगरानी समिति कपिलवस्तुले जिल्लाका विभिन्न ईटा उद्योगमा काम गर्ने ९८ जना कामदारहरु राहत सामग्री वितरण गरेको छ ।

शिवराज नगरपालिका क्षेत्रमा रहेको इट्टा उद्योगमा काम गर्ने ४८ जना र महाराजगञ्ज नगरपालिका क्षेत्रमा रहेका ईट्टा उद्योगमा काम गर्ने ५० जना मजदु्हरुलाई अतिआवश्यक सामाग्री बितरण गरिएको दलित मानव अधिकारी निगरानी समिति कपिलवस्तुका अध्यक्ष मिना परियारले बताउनुभयो । इट्टा उद्योगमा काम गर्ने मजदु्रका बालवालिकाहरुलाई अहिले खानाको समस्या रहेकोले अभिभावक मार्फत वालवालिकाहरुलाई सहज होस भन्ने उद्देश्यले राहत प्रदान गरिएको परियारले बताउनुभयो ।

चामल, दाल, तेल लगाएत अतिआवश्यक सामाग्रि बितरण गरिएको छ । कोरोना भाइरसका कारण उद्योग संचालन नभएको र दैनिकि जिविको पार्जनमा समेत समस्या आएकोले यस परिस्थितिमा बालवालिकाहरु कुनै असर पर्न नहुने परियारले बताउनुभयो । पछिल्लो समयमा ईट्टा उद्योगमा काम गर्ने बालवालिकाहरु नभएपनि श्रमिकहरुलाई अहिले जिविको पार्जनमा समस्या देखिएको उहाँले बताउनुभयो । लकडाउन भएपछि काम गर्न नगएको र अहिले साझ बिहान के खाने भन्ने अवस्था सिर्जना भएको शिवराज नगरपालिका मोतिनगरका राहुल कहारले बताउनुभयो ।

राहतले केहि दिन भएपनि सहज हुने उहाँले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्