विपन्न समुदायका परिवारका लागि राहत – Kanika Khabar
Friday, April 26Nepali News Portal

विपन्न समुदायका परिवारका लागि राहत

    मा प्रकाशित

कनिका खबर

घोराही, २५ साउन ।
नेपाल आदिवासी जनजाती महासंघ दाङको पहलमा जिल्लाका अति विपन्न परिवारका लागि राहत बितरण गरिएको छ । जिल्लामा रहेका कुसुण्डा, कुमाल र बोटे समुदायका लागि राहत उपलब्ध गराइएको हो ।

नेपाल आदिवासी जनजाती महासंघ अमेरिका (फिप्ना) को आर्थिक सहयोगमा नेपाल आदिबासी जनजाती महासंघ संघीय परिषद् काठमाडौँको समन्वयमा २९ परिवारका लागि राहत वितरण गरिएको हो । जिल्लाका घोराही र तुलसीपुर उपमहानगरपालिका, राजपुर गाउँपालिका र गढवा गाउँपालिमा रहेका कुसुण्डा, बोटे र कुमाल समुदायका लागि राहत वितरण गरिएको हो ।

महासंघले प्रति परिवार २४ किलोग्राम चामल, दुई लिटर तेल, दुई किलोग्राम दाल र दुई किलोग्राम नून प्रदान गरिएको महासंघका जिल्ला सचिब लिला चौधरीले जानकारी दिनुभएको छ । लामो समयको बन्दाबन्दीका कारण लोपोन्मुख अबस्थामा पुगेका कुसुण्डा समुदायलाई लक्षित गरी राहत बितरण गरिएको सचिब चौधरीले जानकारी दिनुभएको छ ।

राहत वितरण कार्यक्रममा महासंघका जिल्ला अध्यक्ष रामबहादुर कुमाल, उपाध्यक्ष कमला कुसुण्डा, सचिब लिला चौधरी, कुसुण्डा बिकास समाजका अध्यक्ष धनबहादुर कुसुण्डा, आदिबासी जनजाती महासंघका जिल्ला सदस्य लक्षुमण बुढा मगर, फोनिज दाङका जिल्ला अध्यक्ष प्रेमबहादुर राम्जा मगरको सहभागीता रहेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्