काङ्ग्रेस सभापति देउवाद्वारा पुनः पाँच विभागमा मनोनयन , दाङका बम बहादुर डिसी, खिमप्रसाद खराल र महादेव शाह मनोनित – Kanika Khabar
Friday, April 26Nepali News Portal

काङ्ग्रेस सभापति देउवाद्वारा पुनः पाँच विभागमा मनोनयन , दाङका बम बहादुर डिसी, खिमप्रसाद खराल र महादेव शाह मनोनित

    मा प्रकाशित

कनिका खबर
साउन २६, दाङ ।

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आज सोमबार थप पाँच विभागमा सदस्य मनोनयन गरेका छन् ।

देउवाले पछिल्लोपटक उद्योग व्यापार, आदिवासी जनजाति, जनसम्पर्क समिति, श्रमिक तथा ट्रेड युनियन, राज्य प्रशासन विभागमा १ सय ६६ जना सदस्य मनोनय गरेको मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए । आज गठन गरेको विभागमा दाङका बमबहादुर डिसी.श्रमिक तथा ट्रेड युनियन विभागका सदस्यमा मनोनित भएका छन् । त्यसैगरी दाङ खिमप्रसाद खराल उद्योग व्यापार विभागको सदस्यमा मनोनित भएका छन् । साथै राज्य प्रशासन विभागमा महादेव शाह मनोनित भएका छन् ।

देउवाले आइतबार राति ११ बजे १० वटा विभागमा ३ सय ९४ सदस्य मनोनयन गरेका थिए ।

 

 

 

 

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्