सिन्धुपाल्चोकमा भदौ २४ गते सम्म लकडाउन थप – Kanika Khabar
Friday, April 26Nepali News Portal

सिन्धुपाल्चोकमा भदौ २४ गते सम्म लकडाउन थप

    मा प्रकाशित

कनिका खबर
भदौ १७, सिन्धुपाल्चोक
कोरोना सङ्क्रमण बढेकोे जनाई सिन्धुपाल्चोकमा भदौ १ गतेदेखि जारी लकडाउन लाइ निरन्तरता दिने निर्णय भएको छ । आज बसेको जिल्ला कोभिड –१९ सङ्कट व्यवस्थापन समितिको बैठकले फेरि भदौ २४ गते राति सम्मका लागि जिल्लामा बन्दाबन्दी थप गर्ने निर्णय गरेको हो । यसअघि पनि कोरोनाको जोखिम बढेको भन्दै ३ दिन लकडाउन थप गर्ने निर्णय गरिएको थियो । त्यसको समयसीमा आज सकिँदै थियो तर कोरोना संक्रमण जोखिम अझै रहेको भन्दैे जिल्लामा लकडाउन थप गर्ने निष्कर्षमा पुगेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो । कोरोनाको कारण सिन्धुपाल्चोकमा हाल सम्म ३ जनाको मृत्यु भइसकेको छ भने १०३ जना सङ्क्रमित पुगेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्