हत्या अभियोगमा पक्राउ परेका ४ जना अदालत पेस – Kanika Khabar
Friday, April 26Nepali News Portal

हत्या अभियोगमा पक्राउ परेका ४ जना अदालत पेस

    मा प्रकाशित

कनिका खबर
भदौं १८, बारा
निजगढ नगरपालिकाका एक युवकको २ महिनाअघि हत्या गरेको आरोपमा पक्राउ परेका १ महिलासहित ४ जनालाई बारा प्रहरीले जिल्ला अदालत बारामा पेस गरेको छ । प्रहरीले निजगढ नगरपालिका वडा नम्बर ८ का ‘सानु’ भनिने वर्ष ३७ का लालध्वज लामाको हत्या अभियोगमा पक्राउ गरेका निजगढ वडा नम्बर– ८ का ३३ वर्षका केशवराज शिवाकोटी, सोही ठाउँका वर्ष ३९ का बन्दना लामा, निजगढ वडा नम्बर–.९ बस्ने वर्ष ४५ का ‘संजय’ भनिने चक्र बहादुर तामाङ र सर्लाही जिल्ला बाग्मती नगरपालिका वडा नम्बर– ३ बस्ने वर्ष २४ का जोखबहादुर स्याङतानलाई जिल्ला सरकारी वकिलमार्फत कर्तव्य गरी ज्यान मारेको अभियोगमा हिजो अदालतमा पेस गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एंव डिएसपी गौतम मिश्रले जानकारी दिनुभयो । उहाँले मुद्दाको सबै अनुसन्धान प्ररा गरी मुद्दा दर्ता गरिए र अदालतमा आजबाट थुनछेक वहस सुरु हुने पनि बताउनुभयो । अमलेखगञ्जस्थित ससुराली घरबाट गत असार २१ गते बेपत्ता बनेका लालध्वजको असार २८ गते जितपुरसिमरा उप–महानागरपालिका वडा नम्बर– २२ अमलेखगञ्जस्थित २ नम्बर पुल पुर्वतर्फको थानीमाई सामुदायिक वनको सिसौघारी जंगलमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको र शव सडेर गलेको अवस्थमा फेला परेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्