भक्तपुरमा कोरोना सङ्क्रमितका परिवारलाई राहत वितरण – Kanika Khabar
Friday, April 26Nepali News Portal

भक्तपुरमा कोरोना सङ्क्रमितका परिवारलाई राहत वितरण

    मा प्रकाशित

कनिका खबर
भदौं १८, भक्तपुर
भक्तपुर नगरपालिकामा कोरोना सङ्क्रमितका परिवारलाई राहत वितरण गरिएको छ । भक्तपुर नगरपालिका–३ मा वडा भित्र रहेका कोरोना सङ्क्रमितका परिवारलाई राहत वितरण गरिएको वडा अध्यक्ष्य राज कृष्ण गोराले जानकारी दिनुभयो । वडा नम्बर ३ का कोरोना सङ्क्रमितका १२ परिवारलाई राहत वितरण गरिएको हो । सङ्क्रमितका परिवारलाई १ बोरा चामल, १ केजी दाल, १ प्याकेट नुन, १ लिटर तेल, २ किलो चिउरा र २ थान साबुन वितरण गरिएको वडा अध्यक्ष गोराले बताउनुभयो । उहाँका अनुसार ६ जना भन्दाबढी सदस्य भएको परिवारलाई २ बोरा चामल वितरण गरिएको छ । भक्तपुर नगरपालिकाले पहिलो पटक सङ्क्रमितका परिवारलाई घर–घरमै राहत वितरण गरेको हो । एउटै घरमा बस्ने ४ परिवारमा १३ जनासम्म सङ्क्रमित भेटिएका छन् । सङ्क्रमितहरुमध्ये एक जनाको केएमसी अस्पताल दुवाकोट र एक जना नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल थिमिको आइसोलेशनमा उपचार भरहेको छ । त्यस्तै, अर्का एक जना नेपाल विद्युत प्राधिकारण तालिम केन्द्र खरिपाटीको क्वारेन्टाइनमा रहेका छन् भने बाँकी सबै जना होम क्वारेन्टाइनमा बसिरहेको वडा अध्यक्ष्य गोराले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्