सरकार अब जनताकाे सरकार रहेन : डा. सङ्ग्राैला – Kanika Khabar
Friday, April 26Nepali News Portal

सरकार अब जनताकाे सरकार रहेन : डा. सङ्ग्राैला

    मा प्रकाशित

कनिका खबर
भदाै १८, दाङ ।
प्रतिनिधि सभा सदस्य तथा नेपाली काङ्ग्रेसकाे केन्द्रीय सदस्य डा . डिला सङ्ग्राैलाले सरकार अब जनताको सरकार नरहेकाे बताएकी छिन् ।सरकारले जनताप्रति उत्तरदायित्व बहन गर्न नसकेकाे कुरा उल्लेख गर्दै डा.सङ्ग्राैलाले भनिन्, `सामान्य भन्दा सामान्य कार्य पनि सरकारले गर्न सकेकाे छैन, जनताको हितको लागि सरकार गम्भीर भएकाे देखिदैन । कृषकहरुले रासायनिक मल नपाएर बालिनाली तहसनहस हुन पुगेको छ।११ अरब रुपैयाँ मल अनुदानकालागि सरकारले बजेट छुट्टाएको छ।किसानलाई कम्तिमा पनि ५ लाख मेट्रिक टन मलको आवश्यकता पर्दछ।´ उनले थपिन्, `एकातर्फ समयमा सरकारले जनतालाई मल उपलब्ध नगराउनुको पछाडि चलखेल गर्न कै लागि नै टेन्डरमा ढिलासुस्ती गरेकाे छ भने अर्कोतर्फ पहुँचको आधारमा क्षमताहीन कम्पनीहरुलाई आपुर्तिको ठेक्का दिनाले किसानलाई सकस भएकाे छ।´
२५/२५ हजार मेट्रिक टन मल आयात गर्ने जिम्मा पाएका सैलुङ र हानिको मल्टिपलले मल आयात नगरेकाे पनि उनले बताइन् । उनफे दावी गरिन्, `दुबै कम्पनीका मालिकहरु सत्ताका नजिकका रहेका छन् ।´ कृषि मन्त्रीले कम कबोल्नेलाई ठेक्का दिदा समस्या भएको भन्ने गैर जिम्मेवार अभिव्यक्ति दिएको कुरा बाहिर आएको छ उल्लेख गर्दै त्यसो भए सबभन्दा बढी कबोल गर्नेलाई ठेक्का दिएर मालामाल हुने अबसर आएको छ मन्त्रीजी भन्दै कटाक्ष पनि गरेकी छिन् ।
यो र त्यो बहानाले किसानलाई मारमा पार्न सरकार उद्दत रहेकाे बताउँदै किसानको कुरो मात्र नभएर यो त राष्ट्रिय उत्पादनसँग जोडिएको कुरा रहेकाे बताएकी छिन् ।उनले सरकारलाई मलको अबिलम्ब ब्यबस्था गर्न सरकारलाई अाग्रह गरेकी छिन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्