कोरोनाका कारण रुपन्देहीमा आज ३ जनाको मृत्यु – Kanika Khabar
Friday, April 26Nepali News Portal

कोरोनाका कारण रुपन्देहीमा आज ३ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
भदौ १९, दाङ ।
आज शुक्रबार रुपन्देहीमा थप ३ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल जिल्ला स्वास्थ्य कार्यलयले दिएको जानकारी अनुसार बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक जना, गौतम बुद्ध मुटु अस्पतालमा एक जना र सिद्धार्थनगर नगरपालिकामा होम आइसोलेसनमा रहेका एक जनाको मृत्यु हो ।
बुटवलको कोरोना विशेष अस्पतालमा बुटवल उपमहानगरपालिका—८ का ७८ वर्षीय पुरुषको मृत्यु भएको हो । भदौ ४ गते अस्पताल भर्ना भएका ती पुरुषको ९ दिनदेखि भेन्टिलेटरको सहायतामा आइसियुमा उपचार भइरहेको थियो ।
सिद्धार्थनगर नगरपालिका—७ निवासी ६४ वर्षीया महिलाको बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा मृत्यु भएको छ । उच्च रक्तचाप, समधुमेह र मृगौला रोगपीडत ती महिलामा निमोनिया देखिएपछि अस्पतालमा भर्ना भएकी थिइन् । उनका कोरोना संक्रमण देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा आज मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसैगरी सिद्धार्थनगर नगरपालिकामा होम आइसोलेशनमा रहेका एक संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदार शाहका सिद्धार्थनगर—८ का ती पुरुष क्यान्सरका रोगी थिए ।

उनको मृगौलामा पनि समस्या थियो । मृगौलाले काम गर्न छाडेपछि उनकोे मृत्यु भएको जनाइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्