लकडाउनको मोडल परिवर्तन गर : व्यवसायी – Kanika Khabar
Friday, April 26Nepali News Portal

लकडाउनको मोडल परिवर्तन गर : व्यवसायी

    मा प्रकाशित

दाङ, १९ भदौ ।


लकडाउनले मात्र समस्याको समाधान हुन नसक्ने व्यवसायीहरुले बताएका छन् । त्यसैले लकडाउनको मोडेल परिवर्तन गर्ने उनीहरुले माग गरेका छन् । लामो सयमदेखि लकडाउन भए पनि समस्याको समाधान हुन नसकेको भन्दै जिल्लाका व्यवसायीहरुले यस्तो माग गरेका हुन ।
दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको जिल्लाका उद्योग वाणिज्य संघका अध्यक्षहरुसँगको जुम मिटिङमा उनीहरुले यस्तो बताएका हुन । नेपाल उद्योग वाणिज्य संघका प्रदेश नं ५ का उपाध्यक्ष हेमराज बन्जाडेले कोरोनाको कारण निजी क्षेत्र धेरै समस्यामा परेको बताए । कोरोना देखिएको स्थानमा लकडाउन गर्ने र अन्य स्थानमा खुला वनाउनु पर्ने उनको भनाइ रहेको छ । लकडाउन मात्र थपदै गएर नहुने उनले बताए ।
तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका खुल्ला पदको केन्द्रीय सदस्य पदमा उमेद्धार विमल रिजालले निजी क्षेत्र समस्या नै समस्यमा रहेको बताए । ‘अहिले निजी क्षेत्र दलदलको अवस्थामा रहेको छ’ रिजालले भने । राज्यलाई निजी क्षेत्रले सहयोग गरे पनि राज्यले निजी क्षेत्रलाई सहयोग नगरेको उनको भनाइ रहेको छ । जिल्लामा रहेको लकडाउन खुकुलो बनाउदै जानु पर्ने उनको भनाइ रहेको छ । स्वास्थ्य सुरक्षा अपनाएर व्यसाय सञ्चालन गरिनु पर्ने रिजालले बताए ।
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरवहादुर रावत (विरु) ले लकडाउनले पर्यटन, यातायात क्षेत्रमा वढी समस्या पु¥याएको बताए । निजी क्षेत्र धेरै समस्या भोग्दै अगाडि वढेको उनले बताए । नेपालीहरुका महान पर्वहरु नजिकिदै गएको कारण चार्डपर्वमा खाद्यान्न अभाव हुन नदिनका लागि सबै सहकार्य गरेर अगाडि वढनु पर्ने बताए । स्थानीय प्रशासन, स्थानीय तहसँग सहकार्य गरेर अगाडि वढनु पर्ने उनको भनाइ रहेको छ ।
हापुरे उद्योग वाणिज्य संघका ज्ञानबहादुर आइतबारेले समुदायसम्म कोरोना जान वाट रोक्नका लागि बाहिरवाट आउने मानिसलाई क्वारेन्टाइनमा राखेर पि सी आर गरेर मात्र घर जाने व्यवस्था गर्नु पर्ने बताए । यसो गरेमा लकडाउन खुकुलो वनाएर अगाडि वढन सकिने उनको भनाइ रहेको छ ।
राप्ती उद्योग वाणिज्य संघका जगत पोख्रेलले काम गरेर खाने वातावरण निर्माण गरिनु पर्ने बताए । लामो समयको वन्दको कारण अहिले भोकले मर्ने अवस्था आएको बताए ।
गढवा उद्योग वाणिज्य संघका अध्यक्ष रविलाल आचार्यले लकडाउन मात्र समाधानको उपाय नभएको भन्दै यसलाई परिवर्तन गरिनु पर्ने बताए ।
सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष शान्तराज भण्डारीले सहज रुपमा व्यापार व्यवसाय गर्ने वातावरण सृजना गर्नु पर्ने बताए ।
बैठक दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षतामा भएको थियो । बैठकको सहजीकरण संघका कार्यालय प्रमुख धनेश्वर शर्माले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्