विद्यालय शिक्षामा वैकल्पिक पद्धतिलाई मान्यता दिने सरकारको निर्णय – Kanika Khabar
Friday, April 26Nepali News Portal

विद्यालय शिक्षामा वैकल्पिक पद्धतिलाई मान्यता दिने सरकारको निर्णय

    मा प्रकाशित

कनिका खबर
भदौं २०, काठमाडौं
सरकारले विद्यालय शिक्षामा वैकल्पिक पद्धतिबाट सिकेका सिकाइलाई मान्यता दिन क्रेडिट गणना गर्ने निर्णय गरेको छ । कोभिड १९ सङ्क्रमणको जोमिखमका कारण विद्यालयहरु सञ्चालन हुन नसकेपछि सरकारले होम स्कुलिङ, रेडियो शिक्षा, टेलिभिजन शिक्षण, अनलाइन कक्षा लगायतका वैकल्पिक सिकाइलाई मान्यता दिनेगरी क्रेडिट गणना गर्ने भएको हो । सीआईएनसँग कुराकानी गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले दुर्गमका विद्यार्थीलाई पनि समेट्नेगरी विशेष योजना बनाएर अघि बढ्ने बताउनुभयो । नोवेल कोरोना भाइरसले गर्दा यो वर्षको पाठ्यक्रम खुम्च्याईएको बताउनुभएको छ । शैक्षिक सत्रको साढे चार महिना बितीसकेकाले पाठ्यक्रममा अत्यावश्यक बाहेकका विषयवस्तु पढ्न नपर्ने उहाँले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्