गोल्डेन बुढा
भदौ २२, जुम्ला ।
चिकित्सा शिक्षा सुधारका लागि आन्दोलनरत डा. गोविन्द केसी विशेषज्ञ स्वास्थ्य सेवा दिन जुम्लाका ग्रामीण बस्तीमा पुगेका छन् । कोरोनाको डरले रोग पालेर बसेका स्थानीय लाई उपचार गर्न डाक्टर केसी जुम्लाको ग्रामीण बस्तीमा पुगेका हुन् । कोभिड महामारीका कारण आफ्नो सत्याग्रह स्थगित गरेका उनी औषधिको झोला बोकेर सिँजा क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्न पुगेका थिए । भदौ १८ गतेदेखि सत्याग्रहको घोषणा गरेका केसीले जुम्लाबासीको आग्रहमा स्थगित गरेर गाउँ तिर स्थानीयको उपचार गर्न पुगेका हुन् ।