ढोरपाटनमा बाढीमा हराइरहेका मध्ये १८ जनाको शव भेटियो – Kanika Khabar
Friday, April 26Nepali News Portal

ढोरपाटनमा बाढीमा हराइरहेका मध्ये १८ जनाको शव भेटियो

    मा प्रकाशित

कनिका खबर
भदौ २४, बागलुङ
गत १७ गते बुधबार रातिको बाढीका कारण हराइरहेकामध्ये हालसम्म १८ जनाको शव फेला परेको छ । ३८ जना हराइरहेकोमा हिजो दुई जनाको शव भेटिएपछि हालसम्म मृतकको संख्या १८ पुगेको हो । गुल्मिको चन्द्रकोट गाउँपालिका ८ स्थित वडिगाड खोलाको किनारमा अन्दाजी ३० बर्षिया महिलाको शव फेला परेको छ । त्यसैगरी ३६ बर्षिय हेम बहादुर विकको समेत शव भेटिएको हो । ढोरपाटन ९ द्वालका विकको शव पहिचान भएको छ । हालसम्म १७ जनाको पहिचान भएपनि हिजो भेटिएका महिलाको भने पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक प्रकाश सिँह भण्डारीले बताउनुभयो । अझै २० जना बेपत्ता रहेका छन् । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रकाश सिँह भण्डारीको नेतृत्वमा प्रहरीले हराइरहेकाहरूको खोजी गरिरहेको छ । स्थानीयले समेत हराइरहेका आफन्तको खोजी कार्य जारी राखेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्