महामारी अनुकूल प्राथमिक उपचारको अभ्यास भन्ने नाराका साथ प्राथमिक उपचार दिवस मनाइँदै – Kanika Khabar
Saturday, April 27Nepali News Portal

महामारी अनुकूल प्राथमिक उपचारको अभ्यास भन्ने नाराका साथ प्राथमिक उपचार दिवस मनाइँदै

    मा प्रकाशित

कनिका खबर
भदौं २७, काठमाडौं
महामारी अनुकूल प्राथमिक उपचारको अभ्यास (Adapting first aid practices to the Pandemic) भन्ने मूल नाराका साथ विश्व प्राथमिक उपचार दिवस आज मनाइँदै छ । प्राथमिक उपचारको महत्वका विषयमा समुदायमा चेतना अभिबृद्धि गर्ने र प्राथमिक उपचार स्वयंसेवकहरूलाई सम्मान गरी उत्प्रेरणा बढाउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिबारको दिनलाई विश्व प्राथमिक उपचार दिवसका रूपमा संसारभर मनाउँदै आइएको हो । जीवन बचाउन, विरामी वा घाइतेको अवस्था सुधार गर्न र चिकित्सा सेवाको पहुँच नहुने अवस्थासम्म प्रारम्भिक स्याहार गर्न प्राथमिक उपचारक स्वयंसेवकहरूले पु¥याएको सेवा प्रशंसनिय छ । यस वर्ष विश्वव्यापी महामारी कोभिड–१९ को कारण विगत वर्षहरूमा झै आम उपस्थिति र सहभागितामा कार्यक्रम आयोजना भएको छैन । नेपाल रेडक्रस सोसाइटीले विशेष सुरक्षा सावधानी अपनाई प्राथमिक उपचार ज्ञान र सीपको प्रवद्र्धन गर्ने खालका भर्चुअल अभिमूखीकरण, कृत्रिम घटना अभ्यास, आकस्मिक प्राथमिक उपचार सीप प्रवद्र्धन र लेख रचना आदिका प्रतियोगितात्मक गतिविधिहरू आयोजना गरिरहेको जनाएको छ । रेडक्रसका अनुसार दिवसको सन्दर्भमा ७७ वटै जिल्लामा विविध कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । रेडक्रसले विज्ञप्ती निकालेर भनेको छ, ‘आम मानिसहरूले व्यक्तिगत स्वास्थ्य तथा प्राथमिक उपचारको ज्ञान, सीप लिने अवसर नपाएका पनि हुनसक्छन् । त्यस्तै महामारीमा स्वास्थ्य संस्थामा अत्याधिक चाप हुन सक्ने, चिकित्सक तथा स्वास्थ्य सेवा प्रदायकको उपलव्धता कम हुनसक्ने र सार्वजनिक यातायात पनि स्थगित हुनसक्ने भएकाले स्वास्थ्य सेवा आवश्यक परेको समुदायका व्यक्तिहरू अझ जोखिममा रहेका हुन्छन् । त्यसैले प्राथमिक उपचार अभ्यासहरूमा अनुकूल हुने खालका ज्ञान सीपको प्रबर्धन गर्नु सान्दर्भिक र अत्यावश्यक भइसकेको छ ।’ नेपाल रेडक्रसले आमसमुदाय, नेपाल सरकारका सुरक्षा निकायहरू, संयुक्त राष्ट्रसंघीय निकायहरूलगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरू, औद्योगिक, व्यापारिक तथा वित्तीय निकायलाई लक्षित गरी विविध खालका सेवामूलक र प्रवर्धनात्मक प्राथमिक उपचारका तालिमका साथै परेको बेला उपचार सेवा कार्यहरू सञ्चालन गरिरहेको महामन्त्री पीताम्बर अर्यालले जानकारी दिनुभयो । हालसम्म मुलुकभर १,२०० जना प्रशिक्षक र ३०,००० जना प्राथमिक उपचार स्वयंसेवकहरू विकास गरी सेवा प्रदान गरिएको अर्यालको भनाइ छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्