पत्रकारलाई दिइएको धम्कीप्रति महासंघको आपत्ति – Kanika Khabar
Sunday, July 19Nepali News Portal

पत्रकारलाई दिइएको धम्कीप्रति महासंघको आपत्ति

    मा प्रकाशित

कनिका खबर
भदौं २७, महोत्तरी
क्रसरको विषयमा समाचार लेख्ने पत्रकारलाई दिइएको धम्कीप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघका महोत्तरी अध्यक्ष कमलेश मण्डलले एक विज्ञप्ती जारी गरी घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । ‘जनप्रतिनीधिले गरेको टिप्पणीले हिंसालाई बढावा दिएको हाम्रो ठम्याई छ । आफ्नो वडा÷नगरमा अवैध उत्खनन् गर्ने कार्य नरोक्ने, विकास संरचनाको संरक्षणतर्फ उदाशिन देखिने तर यि विषय उठाउने पत्रकार विरुद्ध हात काट्ने र जिब्रो थुत्ने सम्मका टिप्पणीमा समर्थन जनाउने जनप्रतिनिधको काम उदेक लाग्दो नै छ ।’ ₋ विज्ञप्तीमा भनिएको छ, ‘प्रेस स्वतन्त्रताको धज्जी उडाउने र पेशामाथि नै प्रहार हुने गरी भएको घटनाको महासंघ घोर भत्र्सना गर्दछ ।’ महोत्तरीको बर्दिबास नगरपालिका ६ किसान नगरमा क्रसर माफियाले नदी उत्खनन् गर्न तटबन्ध भत्काएको समाचार लेख्ने पत्रकारलाई हात र जिब्रो काट्ने बर्दिवास १ निवासी बाबु चौलागाँईले धम्की दिएका थिए । तीन दिन अगाडी पत्रकारद्वय सुरेन्द्र सिंह र ललन मण्डलले क्रसर माफियाको बदमासीबारे समाचार लेखेका थिए । सोही विषयलाई लिएर सामाजिक सञ्चालमा हिंसालाई बढावा दिने खालको टिप्काटिप्पणी भइरहँदा बर्दिवास नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष फाल्गुण सुश्लिङ्ग मगरले पत्रकारलाई हात र जिब्रो काट्ने चौलागाँईको टिप्पणीलाई बढावा दिएका छन् । बर्दिवास नगरपालिका स्थित रातु नदीमा सुमित बालुवा प्रशोधन उद्योगले अवैध उत्खनन्का लागि बाटो बनाउन तटबन्ध भत्काएको समाचार र भिडियो पत्रकार मण्डल र सिहंले बहिर ल्याएपछि बर्दिबास नगरपालिका ७ का वडाध्यक्ष मगरले फेसबुकमा लेखेको स्टाटसमा बाबु चौलागाईले पत्रकारको ‘हात र जिब्रो काट्ने’ भन्दै धम्कीपूर्ण भाषा प्रयोग गरेका छन् । महासंघले दोषीमाथि छानविन र कारबाही गरी सुरक्षित रुपमा पत्रकारलाई काममा लाग्ने वातावरणको सृजना गर्न जनप्रतिनीधि, सुरक्षा निकाय र सरोकारवाला सबैसँग माग गरेको छ । साथै घटनाको सत्यतथ्य बुझ्न ५ सदस्य छानविन समिति समेत महासंघले गठन गरेको छ । यस्तै, बर्दिबास नगर पत्रकार सञ्जालका अध्यक्ष विक्रम प्रसाद रौनियार र प्रेस संगठन नेपाल महोत्तरीका संयोजक राजकरण महतोले समेत संयुक्त रुपमा विज्ञप्ती जारी गरेर पत्रकारलाई जनप्रतिनिधिले प्रयोग गरेको धम्कीपूर्ण भाषाप्रति आपत्ति जनाएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्