विश्व प्राथमिक उपचार दिवस बिभिन्न कार्यक्रम गरी मनाइयो – Kanika Khabar
Saturday, July 12Nepali News Portal

विश्व प्राथमिक उपचार दिवस बिभिन्न कार्यक्रम गरी मनाइयो

    मा प्रकाशित

कनिका खबर
भदौं २७, काठमाडौं
आज विश्व प्राथमिक उपचार दिवस बिभिन्न कार्यक्रम गरी मनाइएको छ । प्राथमिक उपचारको महत्वका विषयमा समुदायमा चेतना अभिवृद्धि गर्ने र प्राथमिक उपचार गर्ने स्वयंसेवकहरूलाई सम्मान गरी उत्प्रेरणा बढाउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिबार विश्व प्राथमिक उपचार दिवस मनाइन्छ । ‘महामारी अनुकूल प्राथमिक उपचारको अभ्यास’ भन्ने नारा यो वर्षका लागि तय गरिएको छ । यस वर्ष विश्वव्यापी महामारी कोभिड–१९ को कारण विगत वर्षहरूमा झै आम उपस्थिति र सहभागितामा कार्यक्रम आयोजना गरिएको छैन । यद्यपि नेपाल रेडक्रस सोसाइटीले विशेष सुरक्षा सावधानी अपनाउँदै प्राथमिक उपचार ज्ञान र सीपको प्रवद्र्धन गर्ने खालका भर्चुअल अभिमूखीकरण, कृत्रिम घटना अभ्यास, आकस्मिक प्राथमिक उपचार सीप प्रवद्र्धन लगायतका गतिविधिहरू ७७ वटै जिल्लामा आयोजना गरिएको जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्