लमही–घोराही सडकखण्ड भत्कियो, एकतर्फीमात्रै सवारी सञ्चालन – Kanika Khabar
Thursday, February 13Nepali News Portal

लमही–घोराही सडकखण्ड भत्कियो, एकतर्फीमात्रै सवारी सञ्चालन

    मा प्रकाशित

कनिका खबर
भदौं २८, दाङ
दाङको लमही–घोराही सडकखण्ड भत्किएको छ । सडकखण्ड भत्किएपछि एकतर्फीमात्रै सवारी सञ्चालन गरिएको छ । लमही नगरपालिकामा पर्ने कुल्मोहर भन्ने स्थानबाट करिब २ किलोमिटर टाढा सडक भासिएको हो । पक्की सडकको एकातिरको भाग पहिरो गएजसरी भत्किएको छ । साथै सडकमा चिरा परेकोे छ । दुर्घटनाको जोखिम रहेकाले भासिएको ठाउँमा एकतर्फी सडक सञ्चालन गरिएको प्रहरीले जनाएको छ । सडक भासिएको स्थानमा वडा प्रहरी कार्यालयको टोली खटाइएको र सडक मर्मतको काम पनि भइरहेको प्रहरीको भनाइ छ । घोराही क्षेत्रमा सिमेन्ट कारखाना भएका र ती कारखानाका लागि आवश्यक ठूला टिपर र मालवाहक ट्रक नियमित सञ्चालन हुँदा सडक जीर्ण बन्दै गएको स्थानीयको भनाइ छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्