एलिशा एकलास
अहिलेको भाषामा भन्नुपर्दा I am a proud 90’s kids. के मैले म बालिका हुँदा आफ्नो अधिकार पाएँ? अझ बालबालिकाको अधिकारका बारेमा हाम्रा अभिभावक, शिक्षक र वरपरका ठुला मान्छे जानकार थिए जसबाट हामीले आफ्ना अधिकारका बारेमा जान्न बुझ्न पाउँथ्यौ?
– स्कुल पढ्दा बाल दिवस हो भनेर बिदा दिइन्थ्यो।कुनै कार्यक्रम गरिएको थाहा पाइनँ। मेरा लागि बालदिवस सिर्फ बिदाको नाम थियो। पढ्न पाउने बालबालिकाको नैसर्गिक अधिकार मैले पाएँ। तर मैले पढेको विद्यालय के बालमैत्री थियो त? पक्कै थिएन। केही उदाहरण दिन्छु ल
– गाउँका बोर्डिङ स्कुल कस्ता हुन्छन्? मैले पढेको स्कुलमा विद्यार्थीलाई रटाएर पढाउने, नपढे पिट्ने, खोट्टा जान्ने, कुखुरा बनाउने। नानीको गाला कति राम्रो भन्दै मुसारेर चड्कन लाउने टिचर थिए, पढायो पढायो पाठ सोर्ह दुना आठ भन्दै डस्टर र स्टिकले हात अगाडि र पछाडि फर्काएर पिट्ने मास्टरहरु थिए। यतिसम्म त ठिकै मान्दिम् आफूले आफैंलाई आफ्नै गालामा चड्कन हान्न लाउँथे र विद्यार्थीलाई दुख्यो कि दुखेन भनेर डिसिजन ती सजाय दिने शिक्षकले लिन्थेँ। तँलाई दुखेकै छैन अझै बेस्सरी पिट्। ती शिक्षक सम्झिँदा पारो तातेर आउँछ।
– Morning speech दिनुपर्ने पालो मेरो थियो। ६-७ तिर पढ्दा होला। Honesty is the best policy भन्ने topic थियो। न अहिलेको जस्तो internet थियो न त घरमा अङ्ग्रेजि सिकाउने मान्छे नै। अघिल्लो दिन नै सरलाई भनेँ मैले जानिनँ। सरले जबर्जस्ती त्यहि topic मा भन् भन्नुभयो। मैले सकिनँ। अर्को टपिकमा तयारी गरेँ। सरले मलाई सबै विद्यार्थी र शिक्षकशिक्षिकाको अगाडि पिट्नुभयो। मलाई त्यहि दिन ज्वरो आयो। आजपनि मलाई यो टपिकमा speech दिन आउँदैन । त्यो दिन मैले honest भएकै कारण पिटाइ खाएकी थिएँ ।
– एकपटक 7-8 जना केटाहरुले पिटाइ खाए। एउटी केटी मन पराएको निहुँमा रे एक्ज्याक्ट कारण थाहा भएन। स्कुुलमा लाइन राखेर ती केटाहरुलाई तारले, लौरोले पिटुन्जेल सब हेरिरहे। ती मध्ये एउटा हस्पिटलाइज नै हुनुपर्यो। दुईजना त्यो दिनबाट स्कुल आएनन्। कुनै अर्को स्कुल भर्ना भए रे। शैक्षिक सत्रको मध्यतिर स्कुल आउनै आत्तिने गरीी र स्कुल छोड्ने गरी विद्यार्थी पिटियो अभिभावक बोलेनन् । किन? किनकि अभिभावकहरुले नै घरमा बच्चाले पढेन, अटेरी गर्यो यसलाई अत्याइदिनुपर्यो भनेर गुनासो पोख्न आउँथे। र शिक्षकहरुलाई त पिट्ने लाइसेन्स नै प्राप्त भएजस्तो हुन्थ्यो।
– स्कुलमा हेल्थ पढाउँदा सबैभन्दा awkward लाग्थ्यो। एकपटक contraceptives हरुको कुरा गरिरहँदा सर कन्डम कसरी लाउनीी भनेर सोध्थे केटाहरुले र सरले ट्वाइलेट हिँड् सिकाइदिन्छु भनेर भन्नुभो। i can feel that shyness till now. त्यतिबेलै म आफ्नो एकपट्टि breast मा मात्र आएको गिर्खा र दुखाइमा ‘ल मलाई क्यान्सर भयो कि?’ भनेर तर्सिरहेकि थिएँ र यही कुरा share गर्दा women’s gang मा हाँसो र मजाकको पात्र बनिरहेकी थिएँ। 2-3 वर्ष अघिसम्म नि यही कुराले पारिवारिक मजाक बन्थेँ। एकदिन सबलाई थर्काइदिएँ, त्यहाँबाट कोही चुइक्क बोल्दैनन् ।
– १० बजेदेखी ४ बजेसम्म बस्नुपर्ने स्कूलको लामो बसाइँ र सेतो फ्रकमा लागेको ब्लडको कारण भोगिएको अपहेलना त कति छ कति। कक्षाका केटा साथीमात्र हैन शिक्षकहरुले देख्दा नि कुरा काट्थे। जिन्दगीमा यो भन्दा ठुलो अपहेलना सहन अझैसम्म परेको छैन।
– सानोमा समाएर अङ्कल, दाइ, हजुरबुबा हरुले दारी दलिदिन्थे। आज अनुभव गर्छु सम्भवतः त्यो मैले भोगेको अझ भनौं प्रत्येक बच्चाहरुले भोग्ने पहिलो दुर्व्यवहार हो जस्तो लाग्छ मलाई । मलाई दारी दलि दिनेहरु कहिले मन परेनन् । सायद त्यहि कारणले होला आजपनि मलाई दारी पाल्नेहरु एकदमै मनपर्दैन। आइज मामाघर देखाइदिन्छु भनेर कानको साइडबाट जुरुक्क उचाल्थेँ मान्छेहरु, आज पनि त्यो सम्झिँदा जिरिङ्ग हुन्छु म।
– बालिका भएकै कारणले भोग्नुपरेका हिंसाहरु कति छन् कति जुन मेरो मनमा गढेर बसेका छन्।
आज बालदिवसको शुभकामना दिइरहँदा म बालिका हुँदा भोगेका दुर्व्यवहार, हिंसा र मेरो अधिकारको हनन भएका घटनाहरु आँखा अगाडि झल्झलि आइरहेका छन्। एकदिन शुभकामना दिँदैम, र्याली निकाल्दैमा, नाँचगान गर्दैमा, कार्यक्रम, गोष्ठी गर्दैमा बालअधिकारको रक्षा हुँदैन। हाम्रा घर, समाज र विद्यालयलाई बालबालिका मैत्री बनाऔं। अब कुनै बालबालिका एलिसा भएर हुर्किन नपरोस् अर्थात् पिटाइ, हिंसा र दुर्व्यवहार सहेर हुर्किन नपरोस् र यिनै कुराहरु सहँदै पढ्न नपरोस्। कुनै अभिभावकहरुले आफ्ना बच्चा तह लाउने लाइसेन्स प्राप्त मान्छे र संस्थाको रुपमा शिक्षक र स्कूललाई नलिउन्, कुनै शिक्षकले शारिरिक र मानसिक तनाव/सजाय दिँदै कुनै विद्यार्थीलाई नपढाउन् ।
बालदिवसको शुभकामना। बालबालिकामैत्री समाजको निर्माण गरौँँ ।