एसिड आक्रमणबाट पीडित बनेका नागरिकको सम्पूर्ण खर्च, शिक्षा र रोजगारीको जिम्मा सरकारले लिने – Kanika Khabar
Friday, April 26Nepali News Portal

एसिड आक्रमणबाट पीडित बनेका नागरिकको सम्पूर्ण खर्च, शिक्षा र रोजगारीको जिम्मा सरकारले लिने

    मा प्रकाशित

कनिका खबर
भदौं ३१, काठमाडौं
सरकारले एसिड आक्रमणबाट पीडित बनेका नागरिकको सम्पूर्ण उपचार खर्च, शिक्षा र रोजगारीको जिम्मेवारी लिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरूको बुँदागत जानकारी गराउँदै सरकारका प्रवक्ता एवम् परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले एसिड पीडितहरूका सन्दर्भमा सरकारले गरेको यो ऐतिहासिक निर्णय भएको बताउनुभयो । यसले पीडितलाई ठूलो अभिभावकत्व, संरक्षकत्व र पीडाबाट मुक्त हुनका लागि हौसला मिल्ने विश्वास सरकारले लिएको छ । सरकारले हरेक वर्षको भदौ २५ गतेलाई ‘एसिड आक्रमणविरुद्धको जागरण दिवस’का रुपमा मनाउने निर्णय पनि गरेको छ । यस्तै सरकारले अन्तरिक हवाई उडान र होटल तथा रेष्टुरेन्टहरू पनि असोज १ गते अर्थात् भोलीबाटै खुला गर्ने निर्णय गरेको छ । सरकारले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै अन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको हो । विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्नेछ भने मास्क, भाइजर अनिवार्य गरिएको छ । यस्तै, सिनेमा हल र शैलुन तत्काल नखुल्ने भएका छन् । शैलुन, ब्युटि पार्लर, स्वीमिङ पुल, सिनेमा हल, डान्सबार अर्को निर्णय नभएसम्म नखोल्ने भएको हो । यसैगरी सरकारले पूर्वअर्थमन्त्री युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकार नियुक्त गरेको छ । बैठकले पूर्वअर्थमन्त्री खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्