प्याजको मूल्य बढाएर बिक्री गरेको अभियोगमा चार जना पक्राउ – Kanika Khabar
Friday, April 26Nepali News Portal

प्याजको मूल्य बढाएर बिक्री गरेको अभियोगमा चार जना पक्राउ

    मा प्रकाशित

कनिका खबर
भदौ ३१, काठमाडौं
भारतले निर्यातमा प्रतिबन्ध लगाएसँगै प्याजको मूल्य बढाएर बिक्री गरेको अभियोगमा चार जना पक्राउ परेका छन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, काठमाडौं महानगरपालिका र वाणिज्य विभागका अधिकारीहरुले गरेको अुनगमनका क्रममा अस्वभाविक मूल्य लिएर प्याज बेचेको पाइएपछि उनीहरू पक्राउ परेका हुन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा काभ्रे घर भई काठमाडौं–१४ बस्ने ३० वर्षीय सुनिल केसी, ३१ वर्षीय उपेन्द्र केसी, काठमाडौं–२० का ४६ वर्षीय सर्दिप तण्डुकार र बारा घर भई काठमाडौ–१३ बस्ने ५० वर्षीय हरिनारायण शाह कलवार छन् । पक्राउ परेका सबै जनालाई कालोबजारी ऐन अनुसार कानुनी कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्