म गणेशमान कै प्रेरणाले राजनीतिमा होमिएँ : सभापति देउवा – Kanika Khabar
Friday, April 26Nepali News Portal

म गणेशमान कै प्रेरणाले राजनीतिमा होमिएँ : सभापति देउवा

    मा प्रकाशित

कनिका खबर
असोज २, दाङ ।
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको प्रेरणाले आफू राजनीतिमा होमिएको बताएँ । नेता गणेशमान सिंहको २३ औं स्मृति दिवसका अवसरमा आज सभापति देउवाले नेपाली राजनीतिका शिखर पुरुष, एक सच्चा क्रान्तिकारी नेता र आफ्नो राजनीतिक अभिभावक भएको बताए ।

“मेरो अभिभावक गणेशमान सिंहप्रति म हार्दिक श्रदासुमन व्यक्त गर्दछु । तपाईको विचार र मार्गदर्शन अजनवी छ”, सभापति देउवाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

यसैगरी काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि लौहपुरुष गणेशमान सिंहको २३औं स्मृति दिवसमा उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नेपालको लोकतान्त्रिक आन्दोलनको जाज्वल्यमान इतिहास सर्वमान्य नेता गणेशमान महान त्याग र बलिदानको प्रतिमूर्ति स्वरुप सबैको प्रेरणाको अजस्र स्रोत रहेको उल्लेख गरेका छन् ।

गणेशमानलाई स्मरण गर्दै उनले नेपालमा प्रजातन्त्र स्थापना गर्न र जनताको अधिकार सुरक्षित गर्न छ दशक लामो राजनीतिक जीवनमा गणेशमान सिंहले १५ वर्ष जेल र १५ वर्ष निर्वासनमा बिताएको बताउँदै प्रजातान्त्रका लागि ठुलो संघर्ष गरेको र कष्ट सहेकैले उनलाई नेपाली जनताले सधैँ सम्झिरहने उल्लेख गरे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्