आईपीएल आजबाट शुरु हुँदै, उद्घाटन खेलमा मुम्बई र चेन्नई खेल्ने – Kanika Khabar
Friday, April 26Nepali News Portal

आईपीएल आजबाट शुरु हुँदै, उद्घाटन खेलमा मुम्बई र चेन्नई खेल्ने

    मा प्रकाशित

एजेन्सी

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको १३ औं संस्करण आज बाट सुरु हुँदैछ ।युएईको अबुधाबीमा साविक विजेता मुम्बई इन्डियन्स र उपविजेता चेन्नई सुपर किङ्सबीचको खेलसँगै आईपीएलको नयाँ सिजन सुरु हुनेछ ।मुम्बई र चेन्नईबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।शेख जायद स्टेडियममा दुबै टिम जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छन् ।दुई टिमबीचको पछिल्लो नजिता हेर्ने हो भने मुम्बई बलियो देखिएको छ ।पछिल्लो पाँच खेलमा मुम्बई अपराजित रहेको छ । गत सिजनको फाइनलमा समेत मुम्बईले चेन्नईलाई हराएको थियो ।रोमान्चक बनेको फाइनलमा मुम्बईले चेन्नईलाई १ रनले हराएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्