मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगितामा मनिस र शेर बहादुरको टिम विजयी – Kanika Khabar
Friday, April 26Nepali News Portal

मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगितामा मनिस र शेर बहादुरको टिम विजयी

    मा प्रकाशित

तिर्थराज ज्ञवाली
असोज ४, मसुरीया (देउखुरी दाङ) ।
‘संविधान दिवस राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔं, घर घरमा राष्ट्रिय झण्डा फहराऔं’ भन्ने मुल नारासहित राप्ती गाउँपालिकाका कर्मचारी विच भएको मौत्रीपुर्ण ब्याडमिन्टन प्रतियोगीताको आयोजना गरिएकोमा मनिस लाल चौधरी र शेर बहादुर हमाल रिजालको टोली प्रथम भएको छ ।
संविधान दिवस २०७७ को अवसरमा राप्ती गाउँपालिकामा कार्यरत कर्मचारीहरुविच गत शुक्रवारदेखि ब्याडमीन्टन प्रतियोगिताको सुरु गरिएको थियो । शुक्रवार सुरु भएको खेलमा ब्याडमिन्टन प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो ।
राप्ती गाउँपालिकाले असोजको २ गते देखि ४ गतेसम्म घरघरमा दीप प्रज्वलन र राष्ट्रिय झण्डा समेत फहराईएको छ ।
आयोजित खेलमा पुरुष कर्मचारी ब्याडमिन्टन प्रतियोगितामा मनिस लाल चौधरी र शेर बहादुर हमाल रिजालको टोली प्रथम भएको छ । साथै महिला कर्मचारी ब्याडमिन्टन प्रतियोगीतामा अनामिका चौधरी र हेमन्ता रेग्मीको टोली प्रथम भएको छ । त्यस्तै पुरुष कर्मचारी ब्याडमिन्टन प्रतियोगितामा विश्वास विक र शरद पुरीको टिमले द्वतीय स्थान प्राप्त गरेको छ । महिला कर्मचारी ब्याडमिन्टन प्रतियोगितामा भारती सन्यासी र कमला न्यौपानेको टिमले द्वतीय स्थान प्राप्त गरेको छ । तृतीय स्थान पुरुषतर्फ बालचन्द्र गुरुङ र निर्मल शर्माको टिमले हात पारेको छ भने महिला तर्फ सञ्चिता पौडेल र भगवता सुवेदीको टिमले तृतीय स्थान प्राप्त गरेको छ ।
विजयी टिमका खेलाडीले नगद तथा प्रमाण पत्र प्राप्त गरेका छन् ।
विजयी खेलाडीलाई राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी तथा प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्