खेलकुद क्षेत्रमा योगदान दिएकाहरुलाई पुरस्कार तथा सम्मानका लागि आवेदन खुला – Kanika Khabar
Friday, February 14Nepali News Portal

खेलकुद क्षेत्रमा योगदान दिएकाहरुलाई पुरस्कार तथा सम्मानका लागि आवेदन खुला

    मा प्रकाशित

कनिका खबर
असोज ४, दाङ ।
खेलकुद क्षेत्रमा योगदान दिएकाहरुलाई पुरस्कार तथा सम्मानका लापग आवेदन खुला भएको छ । युवा तथा खेलकुद मन्त्रालयले खेलकुद क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरुलाई सम्मान गर्ने भएको हो ।

हरेक वर्ष मन्त्रालयले राष्ट्रिय प्रतिभाहरुलाई सम्मान गर्दै आएको छ । आज आइतबार मन्त्रालयले विज्ञप्ती जारी गरी यो वर्षको पुरस्कारका लागि आवेदन आह्वान गरेको छ।

खेलाडी, प्रशिक्षक, व्यवस्थापक, निर्णायक, खेल चिकित्सक, राष्ट्रिय खेल संघ र प्रायोजकलाई प्रोत्साहन गर्नका लागि मन्त्रालयले यो पुरस्कार प्रदान गर्दै आएको छ ।

यो पुरस्कारबाट हरेक वर्ष नेपाली खेलकुदमा योगदान गरेका १० जनालाई मन्त्रालयले सम्मान गर्दै आएको छ।

राष्ट्रिय प्रतिभा पुरस्कार कार्यविधि २०६८ को अनुससचि २ र ३ को ढाँचा अनुसार निवेदन दिन चाहनेहरुले आवेदन पेश गर्न मन्त्रालयले विज्ञप्तिमार्फत भनेको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्