नेकपाको सचिवालय बैठक आज पनि बस्दै – Kanika Khabar
Friday, April 26Nepali News Portal

नेकपाको सचिवालय बैठक आज पनि बस्दै

    मा प्रकाशित

कनिका खबर
असोज ५, काठमाडौं
नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज पनि बस्दै छ । हिजो पार्टी कार्यालय कोटेश्वर, पेरिसडाडामा बसेको सचिवालय बैठकमा मन्त्रीपरिषद पुर्नगठनबारे छलफल सुरु भएको छ । आज दिउँसो १ बजे बस्ने बैठकमा हिजोको छलफललाइ निरन्तरता दिइने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । नेकपाको सचिवालय बैठकमा नेताहरू सरकारलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने निष्कर्षमा पुगेका छन् । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तीन विकल्प पेश गर्नुभएको छ । प्रधानमन्त्री ओलीले अहिलेका सबै मन्त्रीलाई हटाउने, सुरुमा मन्त्री भएकाहरूलाई हटाउने, वा केही मन्त्री हटाउने र केहीलाई निरन्तरता दिने गरि तीन प्रस्ताव गर्नुभएको हो । बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित अधिकांश नेताले सबै मन्त्रीलाई एकसाथ हटाउन नहुने धारणा राख्नुभएको छ । बैठकमा मन्त्रिमण्डल पुनर्गठनको आवश्यकता देखिएको र त्यस एजेण्डामा गम्भीरताका साथ छलफल सुरु भएको पार्टी प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्