स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पशुपतिनाथ मन्दिर खुला गर्ने तयारी – Kanika Khabar
Monday, November 17Nepali News Portal

स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पशुपतिनाथ मन्दिर खुला गर्ने तयारी

    मा प्रकाशित

कनिका खबर
असोज ५, काठमाडौं
पशुपति क्षेत्र विकास कोषले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पशुपतिनाथ मन्दिर सर्वसाधारणका लागि खुला गर्ने तयारी गरेको छ । कोरोनाका कारण लामो समयदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर दर्शनार्थीको सुविधालाई मध्येनजर गर्दै खोल्न लागिएको हो । दर्शनार्थीहरुले सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने छ । दुई मिटरको भौतिक दुरी कायम गर्दै दर्शन गर्न पाउने व्यवस्था गर्न लागिएको हो । विगतमा दर्शनका लागि खोलिने सम्पूर्ण ढोकाहरू खुला नभएपनि पश्चिमद्वार हुँदै भुवनेश्वरीबाट प्रवेश गराउने तयारी गरिएको कोषले जनाएको छ । सीआईएनसँग कुराकानी गर्दै कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले आन्तरिक तयारी भइरहेको र सरकारको निर्णय आउनेबित्तिकै मन्दिर खोल्न सकिने बताउनुभयो ।

आफूहरू सरकारको निर्णय पर्खिरहेको पनि बताउनुभयो । मन्दिरभित्र प्रवेश गरेपछि पुरै परिक्रममा गर्न भने पाइने छैन । मुल ढोकाबाट नै दर्शन गरी फर्किनुपर्ने पनि उहाँले बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्