लमजुङका नागरिकलाइ अब यातायातको काम लिएर पोखरा धाउन नपर्ने – Kanika Khabar
Friday, April 26Nepali News Portal

लमजुङका नागरिकलाइ अब यातायातको काम लिएर पोखरा धाउन नपर्ने

    मा प्रकाशित

कनिका खबर
असोज ५, लमजुङ
लमजुङमा यातायात सम्बन्धि काम अब जिल्लाबाटै हुने भएको छ । गाडीको ब्लुबुक नवीकरण, जाँचपास र रुट परमिट लगायत काम गर्न लमजुङका नागरिक अब पोखरा धाइरहनु पर्ने छैन । गण्डकी प्रदेश सरकारले जिल्लामा यातायात व्यवस्था सम्बन्धी सेवा हिजोदेखि सुरु गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हिजो आफ्नै कार्यालयको एक्सन रुमबाट क्लिक गरी लमजुङका सेवाग्राहीको ब्लुबुक नवीकरण रसिद प्रिन्ट गर्नुभएको हो । उक्त रसिद पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख सुमन गिरीले कार्यालयमा सेवा लिन आएका पहिलो सेवाग्राही यज्ञनारायण श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो । यसअघि पोखराको कास्की, बाग्लुङ, तनहुँको डुम्रेमा मात्रै यातायात व्यवस्थाका सेवा उपलब्ध हुदै आएको थियो ।

गण्डकी प्रदेश सरकारले स्याङ्जा, लमजुङ र गोरखामा यातायात व्यवस्था सम्बन्धी सेवा थप गरेको हो । अब पूर्वाधार विकास कार्यालयबाट ब्लुबुक नवीकरण, सवारी साधन कर संकलन, सवारी जाँचपास, रुट परमिट नवीकरण, सवारी आयकर र पटके रुट परमिट सम्बन्धी सेवा उपलब्ध हुने पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख सुमन गिरीले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्