जिल्लाका विभिन्न स्थानमा विद्युत उत्पादनमा अलमल – Kanika Khabar
Friday, April 26Nepali News Portal

जिल्लाका विभिन्न स्थानमा विद्युत उत्पादनमा अलमल

    मा प्रकाशित

कनिका खबर
मुगु ६ असोज
मुगुका विभिन्न स्थानीय तहमा विद्युत आयोजनाका लागि निकै चर्चा भए पनि निर्माण कार्य अलपत्र भएको पाइएको छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिकाको दाक्चमा मुगु कर्णालीबाट विद्युत उत्पादन गर्ने भन्दै सर्वेक्षण अघि बढाउने भने पनि हालसम्म कुनै काम हुन सकेको छैन । विद्युत उत्पादनका लागि सर्वेक्षण गर्ने भन्दै बेला–बेलामा बजेट खर्च गरिए पनि विद्युत उत्पादनको केही काम हुन सकेको छैन । आर्थिक वर्ष २०७६÷०७७ मा दाक्चमा बिद्युत उत्पादन गर्ने भन्दै सर्बेक्षणका लागि १० लाख खर्च भए पनि काम भने केही हुन सकेको छैन । मुगुम कार्मारोगं गाउँपालिकाको माथिल्लो मुगु दोल्फु नदिबाट २०६५ सालमा बिद्युत उत्पादन गर्ने भनिए पनि हालसम्म केही काम हुन सकेको छैन । त्यति वेला भारतको लान्को ईनर्जी कम्पनिले तीन सय ३३ मेगावाट विद्युत उत्पादन गर्ने भन्दै नेपाल सरकारबाट अनुमति लिए पनि हालसम्म केही काम भएको छैन भने कम्पनी नै सम्पर्कविहीन छ । जिल्लाको खत्याड गाउँपालिकाको ह्याँग्लु र बाजुरा सिमामा बगिरहेको कर्णाली नदीबाट १९ मेगावाट बिजुली उत्पादन गर्ने भन्दै नेपाल विद्युत प्राधिकरण र लगानी बोर्डले सवेक्षण अघि बढाए पनि अहिलेसम्म केही काम हुन सकेको छैन । खत्याड गाउँपालिकाले खत्याड खोलाको बिरा बगरमा विद्युत उत्पादनका लागि काम शुरु गरेको डेढ वर्ष भएको छ । पाँच सय किलोवाट विद्युत उत्पादन गर्ने लक्ष्य लिए पनि अहिलेसम्म ८० प्रतिशत काम भएको गाउँपालिकाले जनाएको छ । सदरमुकाम गमगढी छायानाथ रारा नगरपालिकामा भने गमगाढ जलविद्युत आयोजनाबाट चार सय किलोवाट विद्युत बलिरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्