अतिक्रमित नेपाली भूमिबाट चिनियाँ पक्षलाई फिर्ता पठाऊ : अध्यक्ष थापा – Kanika Khabar
Friday, April 26Nepali News Portal

अतिक्रमित नेपाली भूमिबाट चिनियाँ पक्षलाई फिर्ता पठाऊ : अध्यक्ष थापा

    मा प्रकाशित

कनिका खबर
असोज ७, दाङ ।
राप्रपा अध्यक्ष कमल थापाले अतिक्रमित नेपाली भूमिबाट चिनियाँ पक्षलाई फिर्ता पठाउन आग्रह गरेका छन् । हुम्लाको नाम्खा गाउँपालिकास्थित नेपाली भूमिमा चीनले अतिक्रमण गरेर भवनहरू बनाएको समाचार सार्वजनिक भएपछि थापाले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै तत्काल त्यसबारे सत्यतथ्य सार्वजनिक गर्न पनि सरकारसँग माग गरेका छन् ।

पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका थापाले ट्वीटमा लेखेका छन्, ‘हुम्ला जिल्ला, नाम्खा गाउँपालिकाको नेपाली भूमी चीनले अतिक्रमण गरेको, भवनहरू बनाएको समाचार आएको छ । यसवारे तत्काल सत्य तथ्य सार्वजनिक गर्न सरकारसँग माग गर्दछु । साथै, अतिक्रमित भूमीबाट चिनियाँ पक्षलाई फिर्ता पठाउन अविलम्ब पहल गर्नसमेत प्रमको ध्यान आकर्षित गर्दछु।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्