भक्तपुरमा पीसीआर परीक्षणका लागि किट अभाव – Kanika Khabar
Friday, April 26Nepali News Portal

भक्तपुरमा पीसीआर परीक्षणका लागि किट अभाव

    मा प्रकाशित

कनिका खबर
असोज ११, भक्ततपुर
भक्तपुरमा कोरोना भाइरस सङ्क्रमण भए, नभएबारे पत्ता लगाउन गरिने परीक्षणका लागि प्रयोग हुने ‘भीटीएम’ किटको अभाव भएको छ । स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले नाक तथा घाँटीबाट स्वाब सङ्कलन गर्न प्रयोग हुने पीसीआर किट ‘भीटीएम’ को अभावले कोरोना परीक्षण रोकिने अवस्थामा पुगेको जानकारी दिनुभयो । वाग्मती प्रदेश सरकारले परीक्षणका लागि ‘भीटीएम’ किट नपठाएपछि स्वाब सङ्कलन नै रोकिने अवस्थामा पुगेको हो । यसअघि कार्यालयले ल्याएको किट भक्तपुर अस्पताल, सूर्यविनायक, भक्तपुर र चाँगुनारायण नगरपालिकालाई वितरण गरेको तर अब किट दिन सक्ने अवस्थामा नभएको पनि प्रमुख मिजारले बताउनुभयो । कोरोना हब अस्पतालको रुपमा रहेको भक्तपुर जिल्ला अस्पतालमा पनि किट अभाव भएको अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट डाक्टर सुमित्रा गौतमले जानकारी दिनुभयो । भक्तपुरको मध्यपुरथिमी नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालिका अस्पतालले आफ्नै ल्याबमा पीसीआर परीक्षण गर्दै आएकाले आवश्यक किट आफैँले खरिद गरेको छ नगरपालिकाले भने केही दिनअघि मात्रै ४० लाख मूल्य बराबरको ‘भीटीएम’ किट खरिद गरेको छ ।अस्पतालका अध्यक्ष एवं नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्