कनिका खबर
असोज १२, बाग्लुङ ।
बाग्लुङका बाढी पीडितलाई २७ लाख बढी राहत प्रदान गरिएको छ । जिल्लाको गलकोट समाज जापानले ढोरपाटनका बाढी प्रभावितका लागि २७ लाख ८० हजार ४७८ राहत सहयोग गरेको हो ।
गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले राहत कोषमा दाखिला भएको रकमको भौचर हिजो आइतबार ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई हस्तान्तरण गरे ।
गलकोटका नगर प्रमुख गैरेले राहतको सही सदुपयोग हुनेमा विश्वास व्यक्त गरे । गत भदौ १७ गते भुजीखोलामा आएको बाढीले सयौँ परिवार घरवासविहीन बनेका छन् । बाढीमा परी २२ जनाको ज्यान गएको थियो भने १५ अझै बेपत्ता छन् ।
सांकेतिक तस्बीर