थप ९ वटा स्यानिटाइजरलाई प्रतिबन्ध, प्रतिबन्धित स्यानिटाइजरको संख्या १८ पुग्यो – Kanika Khabar
Friday, April 26Nepali News Portal

थप ९ वटा स्यानिटाइजरलाई प्रतिबन्ध, प्रतिबन्धित स्यानिटाइजरको संख्या १८ पुग्यो

    मा प्रकाशित

कनिका खबर
असोज १२, दाङ ।
स्यानिटाइजरमा विषाक्त रसायन मिथानेल भेटिएपछि औषधि व्यवस्था विभागले थप ९ वटा स्यानिटाइजरलाई प्रतिबन्ध लगाएको छ ।

इन्स्टायान्ट ह्याण्ड स्यानिटाइजरसम्बन्धी स्तर २०७६ विपरीत मानव स्वास्थ्यमा गम्भीर असर पार्ने विषाक्त रसायन मिथानेल राखिएको र प्रतिबन्ध लगाइएका स्यानिटाइजरको उत्पादन तथा बिक्री वितरण रोक्न विभागले सरोकारवालाहरूलाई आग्रह गरेको छ ।

आर केमिकल एण्ड प्याकेजिङ इण्डस्ट्रीज पर्साद्वारा रिप्याक गरिएका कुम ह्याण्ड स्यानिटाइजर, शिभिका कस्मेक्युटिकल्स लिमिटेड उत्तराखण्डको हर्बलट्री ह्याण्ड रब र क्लिन ह्याण्ड स्यानिटाइजर, कुमकुम हर्बल इण्डस्ट्रिज बनेपाका कुमकुम इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजरलाई प्रतिबन्ध लगाएको हो ।

यस्तै ओम आरोग्य हेल्थकेयर प्रालि इमाडोल ललितपुरको इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर, साधना सप्लायर्स काठमाडौँको साधना इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर तथा कालिका सोप एण्ड केमिकल इण्डस्ट्रिजका ड्रोन ह्याण्ड स्यानिटाइजर पनि प्रतिबन्ध लगाएको हो ।

औषधि व्यवस्था विभागले प्रतिबन्ध लगाएका स्यानिटाइजर हालसम्म १८ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्