पौडेल पक्ष सभापति देउवासँग असन्तुष्ट – Kanika Khabar
Monday, November 17Nepali News Portal

पौडेल पक्ष सभापति देउवासँग असन्तुष्ट

    मा प्रकाशित

कनिका खबर
असोज १३, काठमाडौं
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको कार्यशैलीसँग असन्तुष्ट पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र केही पदाधिकारी सहित केन्द्रीय सदस्यले देउवा बिरुद्ध हस्ताक्षर बुझाएका छन् । केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले आज पार्टी केन्द्रीय कार्यालय पुगेर मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत् २७ केन्द्रीय सदस्यको हस्ताक्षर सहितको विरोध पत्र दर्ता गराउनुभएको हो । पार्टीलाई विधान सम्मत सञ्चालन गरी १४ औं महाधिवेशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सिर्जना गरियोस् भन्दै उनीहरूले हस्ताक्षर बुझाएका पार्टीका केन्द्रीय अर्जुननरसिंह केसीले सीआइएनसँग बताउनुभयो । उनीहरूले विभागदेखि भातृ संस्थाका म्याद थप गरेकोमा पनि खारेजीको माग गरेका छन् । पछिल्लो समय सभापति देउवाले २० भन्दा बढी विभाग गठन गरेपछि पार्टी भित्रको विवाद झन् बढ्दै गएको छ । यसैबीच, नेपाल महिला संघ केन्द्रीय समितिले हिजो गरेको भर्चुअल कार्यक्रममा काँग्रेस सभापति देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्टाचार लगायत अनियमितता गरेकोले जुनसुकै बेला आन्दोलन गर्नुपर्ने अवस्था आउने टिप्पणी गर्नुभएको छ । सरकारले अप्रजातान्त्रिक काम गरिरहेकोले आन्दोलन गर्ने दिन आउन सक्ने देउवाको भनाइ थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्