घोराहीमा फेरि परिमार्जित चक्रपथ योजना – Kanika Khabar
Friday, April 26Nepali News Portal

घोराहीमा फेरि परिमार्जित चक्रपथ योजना

    मा प्रकाशित

अमरराज आचार्य
दाङ, १५ असोज ।

साविक घोराही नगरपालिकाले अघि सारेको चक्रपथको योजनालाई स्थान परिवर्तन गरी परिमार्जन गर्दै फेरि घोराही उपमहानगरपालिकाले चक्रपथ निर्माणको योजना अघि सारेको छ ।

त्यसको सुरुआत उपमहानगरपालिकाको १८ नं. वडाबाट शुरु हुन थालेको नगर प्रवक्ता भरत अर्यालले बताएका छन् । घोराही उपमहानगरपालिकाभित्र निर्माण गर्ने भनिएको लामो सयमदेखि रोकिएको चक्रपथ निर्माणको काम यसै सातादेखि शुरु हुने भएको छ ।

अहिले निर्माण गर्न थालिएको चक्रपथ पहिलेको नगरपालिका हुँदा गरिएको नक्सांकनभन्दा केही परिवर्तन भएको बताइएको छ । नगरपालिका हुँदा निर्माण गरिएको नक्साभन्ँदा अहिले उपमहानगरपालिका भएपछि केही परिवर्तन भएको उपमहानगरपालिकाले जनाएको छ । नगरपालिकाले अहिले पहिलो चरणमा घोराही उपमहानगरपालिका वडा नं १८ मा शुरु गर्न थालेको उनको भनाइ रहेको छ ।

पहिलो चरणमा वडा नं. १८ को बासखोली, सालघारी, अम्बापुर, मसिना, गिठेपानी, रानीजरुवा हँुदै बाहकुने दहसम्म पु¥याइने प्रवक्ता अर्यालले बताए । यसका लागि सम्बन्धित टोल विकास संस्थाहरुसँग छलफल भइरहेको बताए । ‘केही टोलहरुले सहमतिको निर्णय गरेर दिइसक्नु भएको छ भने अरुले केही दिनमा पठाउने बताउनुभएको छ’, प्रवक्ता अर्यालले भने । चक्रपथ निर्माणका लागि केही दिनमा टेण्डरसमेत आह्वान गरिने उनको भनाइ रहेको छ । यसरी थालिएको काम चालु आर्थिक वर्षभित्रमा नै सम्पन्न हुने उनले बताए ।

‘यसै वर्ष नालासहित बाटो पक्की गरिने छ’, प्रकक्ता अर्यालले भने । यसरी निर्माण गर्न थालिएको चक्रपथको बाटोमा नालासहित १२ मिटरको हुनेछ । यसका लागि करिब २० करोड बजेट खर्च हुने उपमहानगरपालिकाले जनाएको छ । टेण्डर आह्वान गरेपछि यति रकम खर्च हुने भनेर निश्चित हुने उपमहानगरपालिका स्रोतले बताएको छ । पहिलो चरणको काम सम्पन्न भएपछि दोस्रो चरणको काम अगाडि बढ्नेछ ।

घोराही नगरपालिका हँुदा नै नगरपालिकालाई सडक सञ्जालले जोड्ने गरी चक्रपथ निर्माणको कार्यलाई अगाडि सारिएको थियो । तर लामो समयसम्म पनि त्यसले पूर्णता पाउन सकेको थिएन । चक्रपथ निर्माणका क्रममा स्थानीय बासिन्दाहरुले असहमति जनाएर विवाद भएपछि निर्माण कार्य रोकिएको थियो ।

सहमति भएका केही स्थानमा ट्रयाक खोल्ने काम गरिएको थियो । यसरी रोकिएको काम जनप्रतिनिधिहरु आएपछि गति लिने नगरवासीहरुले अपेक्षा गरेका थिए । तर जनप्रतिनिधिहरु आएको लामो समयसम्म पनि अगाडि बढ्न सकेको थिएन । अहिले उपमहानगरपालिकाले यस कार्यलाई अगाडि बढाउन खोजेको छ । स्थानीय नागरिकको सहमति लिएर अगाडि बढाएमा मात्र काम सम्पन्न गर्न सकिने नगरबासीहरुको भनाइ रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्