पीसीआर जाँचको शुल्क नलिन सर्वोच्च अदालतको परमादेश – Kanika Khabar
Friday, April 26Nepali News Portal

पीसीआर जाँचको शुल्क नलिन सर्वोच्च अदालतको परमादेश

    मा प्रकाशित

कनिका खबर
असोज १६, काठमाडौं
सर्वोच्च अदालतले कोरोना भाइरसको सङ्क्रमणका लागि गरिने पीसीआर परिक्षण निःशुल्क गर्न परमादेश जारी गरेको छ । हिजो न्यायाधीशद्वय डाक्टर आनन्दमोहन भट्टराई र टंक मोक्तानको संयुक्त इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य मन्त्रालयलाई पीसीआर परीक्षणको शुल्क नलिन आदेश दिएको हो । अधिवक्ता केशरजङ्ग केसी र लोकेन्द्र ओलीले भदौ २८ गते दायर गर्नुभएको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले आधारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक हक भएकाले शुल्क नलिन आदेश दिएको हो । कोरोना सङ्क्रामक रोग भएको र यस्ता रोगको उपचार सरकारले निःशुल्क गर्नुपर्ने कानुनी व्यवस्था भए पनि सरकारले दुई हजार रुपैयाँ लिँदै आएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्