राप्ती नदीमा हाम फालेका व्यक्तिको अझै सनाखत हुन सकेन – Kanika Khabar
Friday, April 26Nepali News Portal

राप्ती नदीमा हाम फालेका व्यक्तिको अझै सनाखत हुन सकेन

    मा प्रकाशित

ओमप्रकाश गुप्ता
सिसहनियाँ १६ असोज ।
राप्ती नदीमा हाम फालेर मृत्यु भएका वृद्धको २४ घण्टा बितिसक्दा पनि सनाखत हुन सकेको छैन । बिहिवार ज्येष्ठ नागरिक दिवसकै दिन राप्ती नदीमा हाम फालेर वृद्धको मृत्यु भएको थियो । अन्दाजी ६५/७० वर्षका वृद्धको राप्ती नदीमा हाम फाल्दा मृत्यु भएको थियो । बाहुन क्षेत्री जस्तो देखिने वृद्धाले बिहीवार दिउँसो १ः४५ बजेको समयमा भालुवाङको राप्ती पुल नजिक तटबन्धन भएको ठाउँबाट हाम फालेको स्थानीयले देखेर प्रहरीलाई खवर गरेका थिए ।
नदीमा हाम फाली बगिरहेको अवस्थामा अस्थायी प्रहरी पोष्ट सातमराबाट गएको प्रहरी टोलीले उद्धार गरि उपचारका लागि लालमटिया स्वास्थ्य चौकी भालुवाङमा ल्याएका थिए । चेक जाँच गर्दा ती वृद्धको मृत्यु भइसइकेको स्वास्थ्य चौकीले पुष्टि गरेको थियो । मृतक वृद्धको शवको परिचय नखुलेपछि अहिले लमही अस्पतालको शव गृहमा नै राखिएको अस्थायी प्रहरी पोष्ट सातमराका प्रहरी नायव निरिक्षक देवबहादुर केसीले जानकारी दिएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्