विप्लव लगायतका द्वन्द्वरत पक्षलाई वार्तामा आउन प्रधानमन्त्रीको आग्रह – Kanika Khabar
Friday, April 26Nepali News Portal

विप्लव लगायतका द्वन्द्वरत पक्षलाई वार्तामा आउन प्रधानमन्त्रीको आग्रह

    मा प्रकाशित

कनिका खबर
असोज १७, दाङ ।
सत्तारुढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वरत पक्षलाई वार्तामा आउन आग्रह गरेका छन् ।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै कम्युनिष्ट पार्टीलाई एकतामा सहभागि हुन आग्रह गरेको दोस्रो दिन हिजो शुक्रबार अध्यक्ष ओलीले पनि द्वन्द्वरत पक्षलाई वार्तामा आउन आग्रह गरेका हुन् । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले वार्तामार्फत समस्या समाधान गर्न सरकार तयार रहेको बताउँदै वार्तामा आउन आग्रह गरे ।
विप्लव नेतृत्वको नेकपा लगायतका पार्टीलाई प्रधानमन्त्री ओलीले सबै द्वन्द्वरत पक्षसँग सरकार वार्तामा बस्न तयार रहेको बताए । हिजो मानव अधिकार तथा सामाजिक अभियान नेपाल घोषणा सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान संशोधनको विषयलाई लहडको विषय नबनाउन पनि आग्रह गरे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्