राष्ट्रिय वनको जग्गामा राजधानी आउँदै, राजधानी यसरी बिर्सायो भालुवाङबासीको पीडा – Kanika Khabar
Friday, April 26Nepali News Portal

राष्ट्रिय वनको जग्गामा राजधानी आउँदै, राजधानी यसरी बिर्सायो भालुवाङबासीको पीडा

    मा प्रकाशित

सलिना न्यौपाने
असोज १८, दाङ ।
प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ । स्थायी राजधानी दाङ बनाउने निर्णयसँगै प्रदेशको नाम भने लुम्बिनी राख्ने निर्णय गरिएको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको शीर्ष तहमा दाङ राजधानी बनाउने सहमति भएलगत्तै प्रदेश सरकारको मन्त्रीपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको हो । यो निर्णयले दङालीलाई अलि बढी खुशी बनाएको छ । भालुवाङबासीलाई यो निर्णयले औधी खुसी बनाएको छ । प्रदेश राजधानी बनाउने निर्णयले लालपूर्जा खोजेको ठाउँमा राजधानी पाइने भयो भनि औधि खुसी भएको राप्ती उद्योग वाणिज्य संघ भालुवाङका अध्यक्ष जगत पोख्रेलले बताए ।

सुगम जिल्ला भए पनि विकासको दृष्टिकोणले पछि परेको क्षेत्र हो भालुवाङ, त्यो पनि ऐलानी जग्गाको बजार क्षेत्र, तर अब यो क्षेत्र राजधानीका नामले चर्चित हुने स्थानीयहरू बताउँछन । राजधानीको निर्णयसँगै यो क्षेत्रमा विकासले फड्को मार्ने भएकाले सरकारको यो निर्णयलाई स्वागत गर्न तयार रहेको स्थानीय बताउँछन । समग्र प्रदेश नं ५ र भौगोलिक रुपमा उपयुक्त ठाँउ भालुवाङलाई राजधानी छनोट गरेकोमा तुलसीपुर १८ बिजौरीका दामिन प्रसाद भुषालले पनि खुशी ब्यक्त गरे ।
यो विषय दाङ जिल्लालाई सरप्राइज नभए पनि भालुवाङ क्षेत्रलाई भने सरप्राइज नै बनेको छ । चुरे पहाडको फेदमा र राप्ती नदीको किनारमा पर्ने भालुवाङ अर्घाखाँची र प्यूठान जिल्लासँग जोडिएको क्षेत्र हो । पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा पर्ने भालुवाङ पूर्वी दाङको मुख्य बजार हो । यहीँबाट प्यूठान हुँदै रोल्पा जाने राजमार्ग छुट्टिन्छ । प्यूठान र रोल्पा जाने नाकासमेत बनेको छ, भालुवाङ क्षेत्र । तर भालुवाङ बजार कसैको स्वामित्वमा छैन । यो वन क्षेत्र हो ,वनको स्वामित्वमा छ । त्यहाँको जग्गाको लालपूर्जा बजारमा बस्ने कसैसँग छैन । ३१ बिगाहभन्दा धेरै जग्गामा भालुवाङ बजार फैलिएको छ । दाङका स्थानीय तहले पनि यो निर्णयलाई स्वागत योग्य मानेका छन । यसलाई दाङबासीले स्वागत गर्दै प्रदेश सरकारलाई धन्यवादसमेत दिएका छन ।
दाङमा निर्वाचनमा जाने सबै राजनीतिक दलको चुनावी नारा नै राजधानी थियो । यही नाराले दाङबाटै चुनाव जितेर कृष्णबहादुर महरा सभामुख बने । यही नाराले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले दाङबाटै चुनाव लडेर जिते र मुख्यमन्त्री बने । तर प्रदेश राजधानी दाङमा ल्याउन नसकेको भन्दै उनीहरूप्रति दाङवासीले कडा टिप्पणी गर्दै आएका थिए भने असन्तुष्टि जनाइरहेका थिए । विभिन्न तरिकाले दबावसमेत सिर्जना गर्दै आएका थिए । भौगोलिक दुरीका हिसाबले प्रदेशको पश्चिमी जिल्ला बर्दिया दाङबाट एक सय ९० किलोमिटर दुरीमा पर्ने र पूर्वी जिल्ला पश्चिम नवलपरासी पनि एक सय ९० किलोमिटरकै दुरीमा पर्ने भएकाले उपयुक्त स्थान राजधानी छनौट गरेको दाङबासीको तर्क छ । यो क्षेत्रमा राजधानी व्यवस्थापनमा भने केही चुनौती र जटिलता पक्कै पनि देखिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्