भक्तपुरमा सार्वजनिक सवारीभित्र किशोरीको सामूहिक बलात्कार – Kanika Khabar
Friday, April 26Nepali News Portal

भक्तपुरमा सार्वजनिक सवारीभित्र किशोरीको सामूहिक बलात्कार

    मा प्रकाशित

सुबास चौलागाई
असोज १८, भक्तपुर ।
भक्तपुरमा १७ वर्षीया किशोरीको सामूहिक बलात्कार भएको छ । भक्तपुर नगरपालिका ८ मा हिजो शनिबार लठ्ठिने औषधि खुवाएर सार्वजनिक सवारी साधनभित्र किशोरीको बलात्कार भएको हो । बा ३ ख २६१२ नम्बरको बसमा लठ्ठिने औषधि खुवाएर बलात्कार गरेको आरोपमा उक्त बसका चालक र सहचालक पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी केशव थेबेका अनुसार गाडी चालक भक्तपुर सूर्यविनायक नगरपालिका १० का २२ वर्षीय निरकुरमार खड्का र सिन्धुपाल्चोकको जुगल गाउँपालिका ४ घर भई भक्तपुर बस्ने सह चालक २१ वर्षीय सूर्य श्रेष्ठ पक्राउ परेका हुन् । प्रहरी अनुसन्धानबाट हिजो बिहान ११ बजेदेखि बेलुका ९ बजेसम्म बसभित्र युवतीको बलात्कार भएको पुष्टि भएको छ ।

डिएसपी थेबेका अनुसार फरार युवकले किशोरीलाई रत्नपार्कमा भेटेर लठ्ठिने औषधी खुवाएर सुरुमा हिजो जबरजस्ती गरेको खुलेको छ । हिजो बसभित्र घटना भएको देखेपछि अन्य चालक र सहचालकले प्रहरीलाई खबर गरेका थिए । घटनाबारे हिजो राति १०ः३० बजे प्रहरीले थाहा पाएको थियो । थाहा पाएलगत्तै प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । उनीहरुलाई अहिले महानगरीय प्रहरी वृत्त जगातीमा राखिएको छ । किशोरीको स्वास्थ्य परीक्षण भइसकेको प्रहरीले बताएको छ । किशोरीको परिवारसँग भने सम्पर्क हुन नसकेको प्रहरीको भनाइ छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्