प्रदेश ५ को राजधानी र नामाकरण प्रस्तावमा आज छलफल हुँदै – Kanika Khabar
Friday, April 26Nepali News Portal

प्रदेश ५ को राजधानी र नामाकरण प्रस्तावमा आज छलफल हुँदै

    मा प्रकाशित

कनिका खबर
असोज १९, वुटवल
दाङको भालुवाङमा ५ नम्बर प्रदेशको राजधानी र ‘लुम्बिनी’ नामाकरण गर्ने प्रस्तावमा आज प्रदेशसभाको बैठकमा छलफल हुने भएको छ । छलफलका लागि प्रदेश सभाको बैठक मध्यान्ह् १२ बजेका लागि बोलाइएको सभामुख पूर्ण घर्तीका प्रेस सल्लाहकार गणेश ओलीले सीआईएनलाई जानकारी दिनुभयो । छलफलमा भाग लिनका लागि इच्छुक सांसदहरूलाई बिहान ११ बजेसम्म नाम टिपाउन भनिएको छ । सांसदहरूले विचार राखिसकेपछि संसोधन हाल्नका लागि आजबाट समय सुरु हुनेछ । प्रदेश सभाको तीन दिनअघिको बैठकमा प्रदेशको नामाकरण र राजधानी तोक्ने प्रस्ताव पेस भएको थियो । कतैबाट संसोधन परेन भने एकदुई दिनमा नामाकरण र राजधानीको विषय टुङ्गिने सामाजिक विकास मन्त्री सुदर्शन बरालले सीआईएनसँग बताउनुभयो । संसोधन सुरु भएको १८ घण्टापछि प्रक्रियामा जाने व्यवस्था छ । प्रक्रियामा जाँदा दुई तिहाइ अर्थात कुल ७९ सांसदमध्येमा ५८ मत आयो भने सरकारको प्रस्ताव पारित हुनेछ । पुगेन भने फेरि संसोधन प्रस्तावमा मतदान हुनेछ ।
५ नम्बर प्रदेश सरकारले नामाकरण र राजधानीको बारेमा ल्याएको प्रस्तावमा सत्तारुढ दलकै सांसद र काँग्रेसलगायतका दलहरूले असहमति जनाउँदै आएका छन् भने वुटवलमा नै राजधानी राख्नुपर्ने माग गर्दै आन्दोलन पनि भइरहेको छ । प्रदेश सभाको बैठक बस्नुअघि नेकपा प्रदेश ५ संसदीय दलको बैठक बस्दैछ । बिहान ९ बजे बस्ने बैठकमा दलले सांसदहरूलाई सरकारको प्रस्तावमा मतदान गर्नका लागि फेरि ह्विप जारी गर्ने भएको छ । सत्तारुढ नेकपाका १६ जना सांसद सरकारको प्रस्तावको विपक्षमा उभिएपछि थप छलफलका लागि संसदीय दलको बैठक आज बस्न लागेको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्