गाउँपालिकाका अध्यक्षलाई ज्यान मार्ने धम्की दिने अहेव बुढामाथि जिप्रका कैलालीमा मुद्धा – Kanika Khabar
Saturday, April 27Nepali News Portal

गाउँपालिकाका अध्यक्षलाई ज्यान मार्ने धम्की दिने अहेव बुढामाथि जिप्रका कैलालीमा मुद्धा

    मा प्रकाशित

वीरेन्द्र रावल
धनगढी, असोज १९।
मोहन्याल गाउँपालिकाको वडानम्बर ४ खिमडीस्थित स्वास्थ्य शाखामा कार्यरत अहेव(छैठौं) तहका कर्मचारी दिपेन्द्र बुढाले गाउँपालिकाका अध्यक्ष नवलसिंह रावललाई आमा चकारी गाली बेइज्जती गरेको भन्दै गाउँपालिकाका अध्यक्षले आवश्यक कारवाहीका लागि प्रमूख प्रशासकीय अधिकृत गौरीकुमारी कार्की(ठगुन्ना)लाई निर्देशन दिएका छन् ।
अहेव बुढाले कार्यालय समयमा होटलमा जाँड रक्सी खाएर गाउँपालिकाका अध्यक्ष रावललाई अपशब्द प्रयोग गर्दै गाली गलौज तथा ज्यान मार्ने धम्की समेत दिएको र गाउँपालिकालाई आगो बालिदिने जस्ता धम्कीपूर्ण चेतावनी दिएको अडियो समेत सार्वजनिक भएपछि गाउँपालिकाका अध्यक्षले असोज १३ गते प्रमूख प्रशासकीय अधिकृत हालै गौरकी कार्की लार्य विभागीय कारवाहीका लागि समेत निर्देशन कार्यान्वयनका लागि निर्देशन दिइको कुरा अध्यक्ष रावलले बताएका छन् ।
गाउँपालिकाका अध्यक्ष रावलले गाली बेइजज्ती र ज्यान मार्ने धम्की समेत दिने नीज बुढालाई विभागीय कारवाहीका लागि आवश्यक पहल गर्नका लागि समेत निर्देशन दिँदासम्म पनि कार्कीले त्यस बिषयमा कुनै पनि चासो नदेखाएको हुँदा अहेब बुढामाथि आवश्यक कावाहीका लागि असोज १८ गते जिल्ला प्रहरी कार्यालय कैलालीलाई पत्राचार गरिएको कुरा गाउँ पालिकाका अध्यक्ष नवल सिंह रावलका स्वकीय सचिव नरेन्द्र थापाले जानकारी दिएका छन् ।
केही दिन पहिला स्वास्थ्य शाखा खिमडीका कर्मचारी दिपेन्द्र बुढाले अध्यक्ष रावललाई आमा चकारेर ज्यान समेत मार्ने धम्की सहितको अडियो फेला परेको र प्रमूख प्रशासकीय अधिकृत गौरी कार्कीले समेत बुढालाई निमित्त प्रमूख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको पाइएकोले नीजलाई गाली गलौज गरेका कारण तत्काल विभागीय कारवाहीका लागि निर्देशन दिएको भए पनि गौरी कार्कीले निर्देशनको समेत पालना नगरेको बताउँछन्— स्वकीय सचिव थापा ।
प्रमूख प्रशासकीय अधिकृत कार्कीले निमित्त दिंदा समेत गाउँपालिकाका अध्यक्ष संग समन्व्य नगरेर कनिष्ट कर्मचारीलाई निमित्त दिइएको आरोप समेत लागेको छ ।
अहेव बुढाले अपशब्द प्रयोग गरी ,ज्यान मार्ने र गाउँपालिकामा जे पनि हुन्छ भन्दै आगो लगाउने जस्ता धम्की दिएको अवस्थामा नीज माथि फौजदारी सहिंता २०७४ को सार्वजनिक न्याय विरुद्धको कसुर अन्तरगत दफा ११८ बमोजिम अविलम्ब पक्राउ गरी मुद्धाको अनुसन्धान र कारवाहीका लागि समेत अनुरोध साथ जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन पेस गरिएको छ ।
कोरोना कहरका बेलामा स्वासथ्य सामग्री खरिदमा पनि नीज बुढाले व्यापक आर्थिक अनियमितता गरेको , स्वासथ्य शाखाका अधिकांश कर्मचारीहरुलाई आर्थिक कारोवारका बारेमा समेत जानकारी नदिएको आरोप लाग्दै आएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्