अध्यक्षद्धय संग असन्तुष्ट हुदै महासचिव चौडेल द्धारा निर्णय सच्याउन माग – Kanika Khabar
Friday, April 26Nepali News Portal

अध्यक्षद्धय संग असन्तुष्ट हुदै महासचिव चौडेल द्धारा निर्णय सच्याउन माग

    मा प्रकाशित

प्रदेश ५ को नामाकरण र राजधानी फेर्ने निर्णयबारे छलफल गर्न बोलाइएको प्रदेश ५ को सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठक सुरू भएको छ ।

मुख्यमन्त्री शंकर पोखरेल ढिला आएकाले बैठक ढिला गरी सुरू भएको एक प्रदेशसभा सदस्यले जानकारी दिए ।

कडा सुरक्षाको बीच बैठक सुरु भएको छ । बैठकस्थल बाहिर बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ।

मन्त्रिपरिषद्ले प्रदेश ५ को राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव प्रदेशसभामा पेस भएको छ । उक्त प्रस्तावमाथि छलफल गर्न प्रदेशसभा बैठक समेत डाकिएको छ ।

केही बेरअघि प्रदेश ५ मा राजधानीको विषयमा विवाद बढ्दै गइरहेको बेला प्रदेशसभा सञ्चालन नियमावली मस्यौदा संशोधन समितिका सभापति भोजप्रसाद श्रेष्ठले राजीनामा समेत दिएका छन् । उनी बैठकमा अनुपस्थीति छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्