कोरोना कहरमा दाङ : १२३२ सङ्क्रमित, १०४१ जना डिस्चार्ज र १८९ सक्रिय सङ्क्रमित ( उमेर समूह र पेसाका आधारमा सङ्क्रमितको विवरणसहित) – Kanika Khabar
Friday, April 26Nepali News Portal

कोरोना कहरमा दाङ : १२३२ सङ्क्रमित, १०४१ जना डिस्चार्ज र १८९ सक्रिय सङ्क्रमित ( उमेर समूह र पेसाका आधारमा सङ्क्रमितको विवरणसहित)

    मा प्रकाशित

कनिका खबर
असोज २०, दाङ ।


दाङमा हिजो सोमबारसम्मको अद्यावधिक अनुसार १ हजार २ सय ३२ जनामा कोरोना सङ्क्रमित पुष्टि भएको छ । पुष्टि भएका सङ्क्रमितमध्ये १ हजार ४१ जना कोरोना जितेर डिस्चार्ज भइसकेका छन् । पछिल्लो २४ घण्टामा १६ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या १ हजार ४१ पुगेको हो । योसँगै दाङमा सक्रिय सङ्क्रमित १ सय ८९ जना रहेका छन् ।

दाङमा सङ्क्रमित हुनेमा सबैभन्दा बढी २० देखि ४० वर्षका उमेर समूहका रहेका छन् । स्वास्थ्य कार्यालय दाङले दिएको जानकारी अनुसार ० देखि ५ वर्ष उमेर समूहका १३ जना, ५ देखि १० उमेर समूहका १४ जना, १० देखि २० उमेर समूहका १९५ जना, २० देखि ४० उमेर समूहका ७९२ जना, ४० देखि ५० उमेर समूहका १३२, ५० देखि ६० उमेर समूहका ७२ जना र ६० वर्षभन्दा माथिका १४ जनामा कोरोना पुष्टि भएको छ ।


पेसाका आधारमा दाङ जिल्लामा ४० जना स्वास्थ्यकर्मी, ३४ जना नेपाल आर्मी, ४३ जना कर्मचारी, ७ जना जनप्रतिनिधि, १ जना नेपाल प्रहरी, २ जना महिला स्वास्थ्य स्वमसेविका, १ जना सञ्चारकर्मी र ११०४ जना अन्य पेसाका मानिसमा कोरोना पुष्टि भएको छ ।

स्रोत : स्वास्थ्य कार्यालय दाङ

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्