महिला हिंसाका मुद्दा हेर्न ‘फास्ट ट्रयाक कोर्ट’को व्यवस्था गर्न माग – Kanika Khabar
Friday, April 26Nepali News Portal

महिला हिंसाका मुद्दा हेर्न ‘फास्ट ट्रयाक कोर्ट’को व्यवस्था गर्न माग

    मा प्रकाशित

कनिका खबर
असोज २३, दाङ ।
अन्तर पार्टी महिला सञ्जालले महिला हिंसाका मुद्दा हेर्न महिला न्यायाधीश रहने गरी छुट्टै ‘फास्ट ट्रयाक कोर्ट’को व्यवस्थागर्न माग गरेको छ । गृह मन्त्री र राज्य व्यवस्था तथा सुशासन समितिमा हिजो बिहीबार ध्यानाकर्षण पत्रबुझाउँदै सञ्जालले महिला हिंसाका मुद्दा राज्यवादी हुने भएकाले छुट्टै अदालतको व्यवस्था गर्न माग गरेको हो । अहिलेको जस्तो सामान्य बेञ्चबाट पीडितले न्याय पाउन र महिला हिंसा रोक्न नसकेको बताउँदै महिला हिंसाका घटना विशेष हुने भएकाले महिला नै न्यायाधीश र छुट्टै कोर्टको माग गरेको सञ्जालले बताएको छ । बलात्कार जस्तो जघन्य अपराधका घटनालाई मेलमिलापबाट टुंग्याउने प्रवृत्ति बढेको सञ्जालले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्