पागल डाक्टरको बयान – Kanika Khabar
Saturday, January 24Nepali News Portal

पागल डाक्टरको बयान

    मा प्रकाशित


म डाक्टर,
डाक्टर गोविन्द केसी
हजुरको इजलाशमा आज
मेरा अपराधहरूको फेहरिस्त लिएर
लम्पसार छु श्रीमान्
उभिन नसकेकोमा क्षमा चाहन्छु ।
युगौँदेखि तपाईँको पटांगिनिमा
आफ्नो माग पुरा गराउन
अरूको गाँस काट्नेहरू देखेको छु
वर्षौँदेखि तपाईँको सडकमा
स्वार्थको टायरहरू बलेको देखेको छु
देखेको छु श्रीमान्
छुराले रेटेर ुमहानु हातहरूले
प्राणका छालाहरू उतारेको देखेको छु
सुतेर हजुरको यो कठघरामा
म कबुल गर्छु आज
मैले अरूको अधिकारका निम्ति
आफ्नो गाँस छोड्ने अपराध गरेको छु
मुर्दा बन्दै गरेका शरीरहरूमा छुरा चलाएर
प्राणका केहि साना कणहरू रोपेको छु१
हो श्रीमान मेरो मर्दै गरेको शरीरलाई
मरे मरोस् भन्दै छोडेर
मृत्युदण्ड दिइयोस् ।
मैले भुगोल मागेर
त्यहि भुगोलमा भोकको आतंक बाँड्नुपर्थ्यो
मैले शासन मागेर
शासितहरूको रासनपानी रोक्नुपर्थ्यो
आफु अघाएर सडकहरूमा
भोकको आगो बाल्नुपर्थ्यो
रगत बगाएर सडकहरूमा
अशान्तीको जग हाल्नुपर्थ्यो
गल्ति भो श्रीमान
म त चिसो छिँडिमै सुतिदिएँ
तर पनि तपाईँको चाहिँ नींद किन हराम भो श्रीमान रु
मैले त पाप गरेँ श्रीमान्
सिटामोल र भिटामिनको झोल नदेखेका
विकट गाउँहरूमा
हस्पिटल बनेको सपना देखेँ
धिक्कार छ मेरो सपनालाई ।
नबोल्नु थियो बोलेँ
पैसा भएकाहरूले नै त हो नि बाँच्न पाउने
सुकिलो शहरले नै त हो नि हाँस्न पाउने
श्रीमान,
न्यायको डाडु बोकेर बस्नुभएको हजुरलाई
कसरी भन्न सकेँ मैले त्यो डाडु नै कुच्चिएको छ भनेररु
न्यायको प्रतिमुर्ति ईश्वरसमान हजुरलाई
कसरी भनेँ होला मैले पापको ईश्वर रु
अन्न छोडेर दुनियाँको चिन्ता गर्ने म
माफियाराजको काल हुँ श्रीमान
सेतो कोटले कालो व्यवस्था सफा गर्न खोज्ने
म पागल हुँ श्रीमान
बिन्ति मलाई मरे मरोस् भनेर छोडियोस्
कमसेकम या त म आफैँ
या त हजुर आफैँ नहारेसम्म यो पटक
मेरो भोकको क्रान्ति कदाचित् नतोडियोस् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्