भोलि बस्ने भनिएको काङ्ग्रेसको केन्द्रीय कार्य समितिको बैठक स्थगित – Kanika Khabar
Friday, April 26Nepali News Portal

भोलि बस्ने भनिएको काङ्ग्रेसको केन्द्रीय कार्य समितिको बैठक स्थगित

    मा प्रकाशित

कनिका खबर
असोज २४, दाङ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भोलि आइतबार बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।

असोज १९ गते बस्ने भन्एिको बैठक ७ जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएसँग २५ गतेका लागि सारिएको थियो । पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईको निधन भएका कारण बैठक स्थगित गरिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

बैठकको नयाँ मिति तोकिएको छैन । पूर्व पदाधिकारीको निधन हुँदा तीन दिन पार्टीको झण्डा आधा झुकाउने र एक दिन कार्यालय बन्द गर्ने परम्परा छ । प्रसाईको २३ असोजमा निधन भएकाले २५ गते कार्यालय बन्द हुनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्