सिद्धार्थ राजमार्ग आजदेखि दैनिक तीन घण्टा बन्द हुने – Kanika Khabar
Saturday, April 27Nepali News Portal

सिद्धार्थ राजमार्ग आजदेखि दैनिक तीन घण्टा बन्द हुने

    मा प्रकाशित

कनिका खबर
असोज २६, दाङ ।
सिद्धार्थ राजमार्ग आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ । बर्षामा खसेको पहिरो पन्छाउन सडक डिभिजन कार्यालय पाल्पाले सिद्धार्थ राजमार्ग बिहानदेखि दैनिक तीन घण्टा बन्द गरेको छ । पाल्पा
बर्तुङ्देखि सिद्धबाबा चिडियाखोला सडकखण्डका विभिन्न भागमा खसेका पहिरो पन्छाउन चारदिनसम्म दैनिक तीन घण्टा सडक बन्दगर्न लागेको सडक डिभिजन कार्यालयले जनाएको छ । राजमार्गको ३५ किलोमिटर क्षेत्रमा दुई दर्जन बढी स्थानमा वर्षा याममा पहिरो खसेको थियो । राजमार्गका ६ भन्दा बढी स्थानमा सडक भासिएको छ । चुनढुंगा खानी उद्योग सञ्चालनमा आएको र दसैंका लागि सवारी साधनको चाप पनि बढेकाले पनि थप सवारी जाम हुने गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्