भारतको डेट लाइन कुर्न सक्दैनौँ : मन्त्री ज्ञवाली – Kanika Khabar
Friday, April 19Nepali News Portal

भारतको डेट लाइन कुर्न सक्दैनौँ : मन्त्री ज्ञवाली

    मा प्रकाशित

कनिका संवाददाता
बैशाख २९, काठमाडौँ ।
नेपाल सरकारले भारतलाई लिपुलेक सडकाका बारेमा बार्ता गर्न लामो समय कुर्न नसक्ने बताएको छ । नेपाल सरकारले लिपु लेक अतिक्रमणका बारेमा भारतलाई पत्र काटेपछि भारतले तुरुन्तै कोरोनाको महामारीपछि वार्ता गरिने भनेर प्रतिउत्तर दिएको थियो ।
भारतले नेपाली भूमि अतिक्रमण गरेर लिपुलेकमा सडक बनाएपछि नेपालले सरकारको परराष्ट्र मन्त्रालयले आपत्ति पत्र सम्प्रेषण गरेको हो । त्यसको लगत्तै भारतले जवाफमा आफ्नै भूमिमा सडक बनाएको दाबी गर्दै सीमा समस्याबारे कोरोना भाइरस (कोभिड–१९) को महामारीपछि नेपालसँग वार्ता गर्न तयार रहेको बताएको हो ।
तर नेपालले त्यसबेलासम्म पर्खिन नसक्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । अन्तराष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘अस्ती भारतीय विदेश मन्त्रालयका प्रवक्ताको वक्तव्य हेरेँ । कोरोनापछि वार्ता गर्न तयार छौं भन्नुभएको छ । हामी त्यति पर्खिने पक्षमा छैनौं । छिटो वार्ता सुरु गर्नुपर्छ भन्ने छ ।’

समितिमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललगायतले भारतसँग भर्चुअल वार्ता गर्न सुझाब दिएका छन् । परराष्ट्र मन्त्री ज्ञवालीले भर्चुअल वार्ताको डाटा सुरक्षालगायतको प्रश्न उठ्ने बताए । मन्त्री ज्ञवालीले भने, ‘नोभेम्बर २ देखि निरन्तर ताकेता गरिरहेका छौं ।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्