ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना – Kanika Khabar
Friday, April 26Nepali News Portal

ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना

    मा प्रकाशित

कनिका खबर
असोज २७, दाङ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले वडादशैं, तिहार तथा छठ जस्ता चाडपर्वलाई लक्षित गरेर ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना कार्यान्वयन गर्न थालेको छ । महाशाखाले ट्राफिक प्रहरीको प्रभावकारी परिचालन, दुरुस्त कारवाही, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यका साथ योजना लागु गरिएको महाशाखाले जनाएको छ । उपत्यकाको सवारी आवागमनलाई सहज बनाउन, सडक प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्न, सवारी दुर्घटना न्यूनिकरण गर्न र चाडपर्वमा हुनसक्ने ठगी नियन्त्रणका लागि सुरक्षा योजना लागू गरेको महाशाखाका प्रवक्ता समेत रहेका प्रहरी उपरिक्षक रामेश्वर यादवले जानकारी दिए ।
चाडपर्वको समयमा यात्रुसँग बढी भाडा लिने, बाटोमै यात्रुलाई ओरालदिने, स्वास्थ्य मापदण्ड पालना नगर्ने जस्ता समस्या आउन नदिन ट्राफिक प्रहरी चनाखो भएको उनले बताए । यात्राको क्रममा कसैलाई केही समस्या भए १ सय ३ मा फोन गर्न महाशाखाले आग्रह गरेको छ । यात्रुको सेवामा चौबिसै घण्टा ट्राफिक प्रहरी समर्पित रहेकाले यात्रुले ढुक्कसँग यात्रा गर्ने वातावरण बनाउने महाशाखाले प्रतिवद्धता पनि गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्